होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अर्थमन्त्रीले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यन गरे : पौडेल
समाचार

अर्थमन्त्रीले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यन गरे : पौडेल

  • नागरिक रैबार
अर्थमन्त्रीले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यन गरे : पौडेल

२९ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ब्यूँताएर अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको बताएका छन् ।

बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले जनस्तरबाट भएको आलोचना र विगतको अनुभवका आधारमा आफू अर्थमन्त्री भएको बेला सांसद विकास कोषलाई खारेज गरेको सम्झिाए ।

तर अहिले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा त्यसलाई ब्यूँताएका अर्थमन्त्री प्रत्येक निर्वाचन क्षेत्रका साथै समग्र देशको सन्तुलित विकासका लागि समन्यायिक मापदण्डका आधारमा बजेट विनियोजन गर्ने दायित्वबाट चुकेको बताए ।

विज्ञापन

सांसदहरुले निर्वाचन क्षेत्रसहित समग्र देशको विकास प्रयासमा निर्णाधिकार खोजेको यथार्थलाई अर्थमन्त्रीले वेवास्ता गरेको भन्दै उनले भने, अर्थमन्त्रीले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यान गर्नुभएको छ ।’ अर्थमन्त्रीले ‘मैले त चाहँदैनथे, बाध्य भएँ’ भन्ने सार्वननिक अभिव्यक्ति लिएर सांसदहरुको अपमान गरेको उनले बताए ।

उनले आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका निमित्त निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा विनियोजन गरिएको बजेट सम्बन्धित मन्त्रालयमार्फत सार्वजनिक शिक्षा क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार