होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी, भदौ १९ । चार थान पेस्तोल र सुनका गहनासहित धनगढीबाट तीन जना पक्राउ परेका छन् । प्रहरी सिआईवीको टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट चार थान पेस्तोल र सुनका गहनासहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी–६ का सन्जय राणासहित अन्य दुई जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले बताए। घटनाबारे थप […]
नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवामा कर्मचारी माग गरेको छ । प्राधिकरणले प्राविधिक समूहअन्तर्गत एयर ट्राफिक सर्भिसेसको सातौं तहको वरिष्ठ अधिकृत पदका लागि ३८ जना कर्मचारी माग गरेको छ । यस्तै, प्राविधिक समूहअन्तर्गत एभिएशन फायर सर्भिसेसको चौथो तह (सहायक) पदका लागि ३० जना कर्मचारी माग गरेको छ । एयर ट्राफिक सर्भिसेसको सातौं तहको वरिष्ठ अधिकृत पदका […]
काठमाडौं, १८ भदाै : नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले झण्डै २ हजारको संख्यामा कर्मचारी माग गरेको छ । विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत १ हजार ९ सय८९ को संख्यामा कर्मचारी माग गरेको हो । विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड […]
१८ भदौ, सिन्धुपाल्चोक । चीन र नेपालबीचको व्यापारिक नाका तातोपानीमा तस्कर सक्रिय हुन थालेका छन् । भूकम्पपछि चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महीना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ । केही दिनयता मात्रै नेपालको बाटो हुँदै तातोपानी नाकाबाट चीन […]
नागरिक रैबार/बाजुरा १७ भदौ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ गैरीबजारका २४ वर्षिया लालबहादुर विक भारतको दिल्लीस्थित रानीवाग महेन्द्र पार्कबाट सोमबार बेपत्ता भएका छन् । टाउकोको उपचारका लागि डेढसाता अघि मात्र बाजुराबाट भारत गएका विक सोमबार दिल्लीस्थित महेन्द्रपार्कबाट एकाएक बेपत्ता भएको उनका आफन्त रोहित चंदाराले बताएका छन् । आफन्त चंदाराका अनुसार विक सोमबार दिउसो ४ […]
काठमाडौं : सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ । कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् । सर्वोच्चमा आइतबार मात्रै ३ सय ५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो । तीमध्ये ४० वटा स्थगन भएका छन् । कानुन व्यवसायीले […]
१६ भदौ, काठाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा दलको […]
काठमाडौं : बितेको आर्थिक वर्षमा मुलुकले दुई खर्ब ६५ अर्ब ३७ करोड घाटा बेहोर्नु परेको छ । गत आर्थिक वर्ष २०७५–७६ मुलुकको चालु खाता दुई खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । यो घाटा गत आर्थिक वर्षमा विदेशी विनिमय कारोबारको आँकडा हो । चालु खाताअन्तर्गत वस्तु र सेवा व्यापार […]
बझाङ, १५ भदौ । सुरेश सुनार देशभरकै कान्छा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन । मोरङबाट सरुवा भएर बझाङ आएपछि उनले जनताको हितमा उल्लेख्य काम गरे । सडक निर्माणमा जनप्रतिनिधिको भन्दा जनताको साथ दिएको निहुँमा उनलाई जनप्रतिनिधिले जिल्लाबाटै लखेटे । उनको सरुवा भयो । तर गज्जवको पक्ष, उनको बिदाइ दुलही अन्माउदा भन्दा फरक भएन । जनप्रतिनिधिले […]
काठमाडौं- बुढीगंगा जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआइए) प्रतिवेदन तयार भएको छ। विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको स्मेक इन्टरनेश्नल/उदय कन्सल्टेन्टले तयार पारेको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनलाई अन्तिमरुप दिन वन तथा वातावरण मन्त्रालयले सर्वसाधारणको रायका लागि सार्वजनिक सूचना जारी गरेको छ। भदौ १० गते ३० दिनको सूचना जारी गर्दै आवश्यक राय सुझाव दिन मन्त्रालले […]
करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ। आइतबार जिल्लाको भजनी नगरपालिका वडा नम्बर ४ कुडीका ३० बर्षिय चन्द्रलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घोडाघोडी नगरपालिकाको वडा नम्बर १ सुख्खडमा रहेको घोडाघोडी बहुमुखि क्याम्पस नजिकै विद्युतको पोलमा चढेर ईन्टरनेटको तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको घोडाघोडी अस्पतालमा उपचारका क्रममा […]
धनगढीमा १० करोडको लगानीमा अत्याधुनिक वर्कशव सञ्चालनमा ल्याईएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर २ को लोकेन्द्र मोहन मागर्मा टु–स्टप अटो वर्कसप प्रालि सञ्चालनमा ल्याईएको हो। वर्कसपको आज एक कार्यक्रमकाबिच सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्लले उद्घाटन गरे। १० करोडको लगानीमा निर्माण भएको वर्कसप सुदूरपश्चिमको पहिलो र अत्याधुनिक भएको दावी गरिएको छ। वर्कसपका प्रवन्ध निर्देशक अभियान खड्काले […]
कञ्चनपुरमा अनौठो शिशु जन्मिएको छ। जिल्लाको बेल्डाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीय महिलाले अनौठो शिशु जन्माएकी हुन्। गयराति उनलाई अस्पताल लैजाने क्रममा बाटोमा नै शिशु जन्मिएकी थिईन्। बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी आमालाई स्वास्थ्य केन्द्रले सेती अस्पताल धनगढी रेफर गरेको थियो। आमाको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्य केन्द्रले सेती अस्पतालमा रेफर गरेपछि बाटोमा शिशु जन्मिएको हो। […]
काठमाडौं : बहुविवाह गर्ने व्यक्तिले सरकारी जागिर नपाउने कानुन बन्दै छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको छ। अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्ति पनि निजामती सेवामा अयोग्य हुनेछन्। जसमा भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध करोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर […]
काठमाडौं, १३ भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा बोल्दै मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताउनुभएको हो । उहाँले […]
काठमाडौँ, गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । आज मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा हुनुभएको छ । उहाँको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आउनुभएको छ । ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर […]
धनगढी, ११ भदौ ।सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।भदौ १५ गते आइतबार थारु समुदायको पर्व अट्वारीका अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख […]
कैलाली, भदौ ११ । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा नमूनाका रुपमा व्यावसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ अन्तर्गत पहिलोपटक नमूनाका रुपमा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो। प्रत्येक स्थानीय तहका एक वडा अथवा […]
डडेल्धुरा : जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका-४ सेरागाडमा म १ ज २१० नम्बरको जीप दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका-७ तिम्तोलीका ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। अजयमेरु गाउँपालिकाको देवलदिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको जीप भागेश्वरमा दुर्घटना हुँदा ३ जना […]
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम कृषि क्षेत्रका लागि निकै उपयोगी ठाउँ भएकाले यहाँको विकासका लागि कृषिमा बढी लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि […]