होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भैरहवा । रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुर गए । दुर्गासिंहले सन्तकुमारलाई गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि […]
वीरेन्द्रनगर ३ असार। कर्णाली प्रदेश सरकारले आईतबार संसदमा प्रस्तुत गरेको बजेटप्रति मिश्रित धारणा व्यक्त भइरहेका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको बजेट समग्रमा विगतको भन्दा सुधारिएर ल्याएको प्रतिक्रिया पनि स्थानीय सरकार तथा प्रदेश सांसदबाट आएका छन् । चालु आवमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत ४० करोड मात्रै उपलब्ध गराईएकोमा आगामी आवको बजेटमा […]
गुल्मी ३ असार। यहाँका जनप्रतिनिधि अहिले आगामी वर्षका लागि योजना बनाउन छलफलमा व्यस्त छन् । धुर्कोट गाउँपालिकामा ठूलो उद्योग छैन । पढे–लेखेका धेरै युवालाई स्वरोजगार बनाउने एउटै उपाय हो, कृषि, पशुपालन र उत्पादन । आर्थिक वर्ष २०७६/०७७ मा तरकारी, कफी, सुन्तला, मासु र अण्डा उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारीमा रहेको पालिका अध्यक्ष भूपाल पोखरेलले बताए । […]
वीरेन्द्रनगर २ असार । कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । आइतबार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका लागि रु सात करोड […]
धनगढी १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर बोहोराले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड […]
काठमाडौँ १ असार । विवादित गुठी विधेयक सच्याउन राष्ट्रिय सभामा सांसदहरूले ६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। तीमध्ये चारवटा व्यक्तिगत छन् भने दुईवटा सामूहिक छन्। नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र राजपाका रमेशप्रसाद यादवले विवादित दफाहरू हटाउन संशोधन दर्ता गराएका हुन्। विधेयकमा रहेको ‘आफ्नै लगानीमा पूर्वाधार संरचना निर्माण गरी बहालमा दिने तथा सार्वजनिक-निजी साझेदारी […]
सुर्खेत १ असार। कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको […]
काठमाण्डाै १ असार । सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, […]
सरकारले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले सबै खाले सवारी साधनमा लागू हुने गरी अधिकतम १२ प्रतिशत भाडा बढाइएको बताए। विभागमा आज भएको बैठकमा सो निर्णय भएको उनले जनाए।असार १ गतेदेखि लागू हुने गरी भाडादार बढाइएको हो। ३५ प्रतिशत इन्धन र ६५ प्रतिशत अन्य खर्चलाई तुलना गरेर वैज्ञानिक […]
बझाङ ३० जेठ। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएँको छ । खप्तडमा शनिवारदेखि गंगादशहरा मेला (जात्रा) सुरु भए संगै यस क्षेत्रमा हिन्दु धर्मालम्बी तथा पर्यटकहरुको भिड लागेपछि यस क्षेत्रमा थप रौनक छाएँको हो । प्रत्येक बर्ष जेठ शुक्ल दशमीको दिनमा लाग्ने गंगा दशहरा मेला लाग्ने गर्दछ । खप्तडमा रहेको त्रिबेणीमा […]
पाल्पा, जेठ २९ पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ । यहि जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य ७ जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० […]
काठमाडौँ, जेठ २– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु […]
भद्रपुर,वैशाख ३१– नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया […]
कैलाली,बैशाख २८- कैलालीको लम्किचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ । लम्कीचुहा–७ निवासी मनोज चौधरीका छोरा जिटी फारवेस्ट एकेडेमी हरैयापुरमा कक्षा ४ मा अध्यनरत नौ वर्षीयसुदीप र पर्शु चौधरीका छोरा सोही विद्यालयमा कक्षा ४ मा अध्यनरत नौ वर्षीय समरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । आज […]
१३ वैशाख, डडेल्धुरा सुदूरपश्चिम प्रदेश सभाका सांसद एवं नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । उनले कुनै दिन मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पाइने बताए । तेश्रो अधिवेशन अन्त्य हुनुपूर्व बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै उनले सरकारले औषधिदेखि पेन ड्राइभ, फोटोकपी पेपर र अक्सीजन प्लान्टमा […]
१५ वैशाख, कैलाली जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजना र अपि हिमाल गाउँपालिकाको व्यवस्थापनमा गाउँपालिकाको खण्डेश्वरीमा सार्वजनिक सुनुवाईसहितको एकीकृत घुम्ती सेवा शिविर आइतबारबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त कार्यक्रमा सार्वजनिक सुनुवाई भने आइतबार नै सकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिए । दार्चुला सदरमुकामबाट करिब १ सय ३० किमिको दूरीमा […]
१७ वैशाख, कैलाली दोषीलाई कानुनबमोजिम कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने सहमतिपछि कैलालीको लम्कीमा बन्द पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन भएको छ । ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय लक्ष्मी बहुमुखी क्याम्पसमा अध्यययनरत छात्रा २३ वर्षीया सुनीता रावलको मृत्यु भएको थियो । मृतकको परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाही गर्ने सहमतिपछि स्थानीयले […]
१५ वैशाख, दार्चुला दार्चुलाका स्थानीय तहको बेरुजु १६ करोड भन्दा बढी देखिएको छ । महालेखा परीक्षकको वाषिर्क प्रतिवेदन अनुसार दार्चुलाका ९ स्थानीय तहको बेरुजु १६ करोड ५१ लाख २७ हजार रुपैयाँ रहेको छ । ९ स्थानीय तहको ४ अर्ब ९७ करोड ३४ लाख ६८ हजार बजेटमध्ये ३.३२ प्रतिशत रकम बेरुजु भएको हो । सबैभन्दा बढी […]
१६ वैशाख, धनगढी सुदूरपपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने चेतावनी दिएका छन् । धनगढीमा आयोजित ‘प्रदेश नीति र कुरीति’ विषयक पत्रकार महिलालाई अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन् । कानूनमन्त्री शाहले नेपालको संविधानदेखि धर्म शास्त्रसम्ममा पनि कहिँनेर नभएको तर हाम्रा व्यवहारले […]
१७ वैशाख, डोटी । अछाम, चौरपाटी गाउँपालिकाको मार्कुमा रहेको अतिरिक्त हुलाक कार्यालयमा कार्यरत सुशीला बोगटीले डेउडाको भाकामा माथिको हरफ गाइन । महिनाभरी काम गर्यो, ६ हजार रुपैयाँ हात लाग्ने र त्यो ६ हजारले साँझ विहान खान नपुग्ने उनको गुनासो थियो । अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनकी जिल्ला अध्यक्षसमेत रहेकी बोगटीले तलव बढ्ला, अन्य सेवा सुविधा पनि […]