होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा १० करोडको लागतमा अत्याधुनिक वर्कशप सञ्चालन
समाचार

धनगढीमा १० करोडको लागतमा अत्याधुनिक वर्कशप सञ्चालन

  • नागरिक रैबार
धनगढीमा १० करोडको लागतमा अत्याधुनिक वर्कशप सञ्चालन

धनगढीमा १० करोडको लगानीमा अत्याधुनिक वर्कशव सञ्चालनमा ल्याईएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर २ को लोकेन्द्र मोहन मागर्मा टु–स्टप अटो वर्कसप प्रालि सञ्चालनमा ल्याईएको हो। वर्कसपको आज एक कार्यक्रमकाबिच सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्लले उद्घाटन गरे। १० करोडको लगानीमा निर्माण भएको वर्कसप सुदूरपश्चिमको पहिलो र अत्याधुनिक भएको दावी गरिएको छ।
वर्कसपका प्रवन्ध निर्देशक अभियान खड्काले पूर्ण आधुनिक प्रविधि सहितको वर्कपस सञ्चालनमा आएको बताए। ‘सुदूरपश्चिममा अत्न्याधुनिक सेवा सहितको वर्कसप थिएन्,’ उनले भने, ‘गाडी मर्मतका लागि भारतको पलिया लगायतका शहर जानुपर्ने बाध्यता थियो, टु–स्टाप अटो वर्कसप प्रालि धनगढीमा सञ्चालन आएसंगै गाडी मर्मतका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने छ। ४५ मिनेटमा हामी गाडी मर्मत गर्नेछौ।’
भारतमा रहेको न्यू चन्दिगढ मोटर्स प्रालिसंगको साझेदारीमा वर्कसव सञ्चालन गरिएको उनले बताए। वर्कसपका लागि आवश्यक उपकरणहरु पनि ल्याइएका छ। आवश्यक दक्ष जनशक्तिको व्यवस्थापनका लागि पनि भारतको चन्दिगढ मोटर्स प्रालिले सहयोग गर्ने प्रवन्ध निर्देशक खड्काले बताए।

वर्कसपमा मेशिनबाट गाडी मर्मत र डेन्टङ पेन्टिङ गरिने छ। गाडीको कम्प्युटर प्रविधिको प्रयोगबाट मर्मत गरिने वर्कसपको दावी छ। सबै कम्पनीका गाडीहरु वर्कसपमा मर्मत र सर्बिसिङ गर्न सकिने व्यवस्थासंगै गुणस्तरीय तथा ब्राण्डेड सामानहरु पाईने प्रवन्ध निर्देशक खड्काले बताए।

साभार दिनेश खबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार