होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन र अवस्था सामान्य छ। कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा […]
बिहीबारसम्म नेपालका १५ जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । बिहीबार कपिलवस्तुका दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुग्नुका साथै संक्रमणको फैलावट १५ जिल्लामा पुगेको हो । भारतबाट आएका दुई युवाको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसबाहेक हालसम्म उदयपुरमा २८ जनामा कोरोनासंक्रमण देखिएको […]
राजेन्द्र बहादुर रोकाया l बाजुराको बडिमालिका नगरपालिकाका दुई जना युवाले बाजुरा जिल्लाभरीका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण शुरु गरेका छन् । लकडाउनको समय लम्बिएसँगै नियमित औषधि सेवन गर्नेलाई असहज भएको गुनासो बढेसँगै औषधि वितरण शुरु गरिएको मानवताका लागी हामी भन्ने अभियानका संयोजक दिलिप कुमार थापाले बताउनुभयो । उनिहरुले नगरभित्रका दम, सुगर, प्रेसर, मुटुरोगको औषधि वितरण गरेको हो […]
आफ्ना विरोधीको समीकरण भत्काउन सफल बनेको ठानेका सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पुनः पराजयको सन्निकट पुगेका छन् । राष्ट्रपति, पार्टीभित्रका समर्थक र चिनियाँ सहयोगले आफ्नो सत्ता संकट टार्न सफल भनिएका ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद धरापमा परेको विश्लेषण गरिएको छ । आफ्ना विरोधी गुटका नेताहरूलाई विभिन्न अफर र प्रलोभन देखाएर […]
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ । संघीय संसद भवनकै ल्होत्से हलमा […]
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलिदेखि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेको जानकारी दिए । नेता श्रेष्ठले […]
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भयो लगत्तै सचिवालय सदस्य माधवकुमार नेपालले विधिसम्मत रुपमा पार्टी सञ्चालन गरिनुपर्ने माग गरे । माधव नेपालको सो मागमा अधिकांश सचिवालय सदस्यले समर्थन जनाए । सो क्रममा उनीहरुले प्रधानमन्त्रीले मनपरी रुपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै आपत्ति मात्रै जनाएनन् स्थायी समिति बैठकमा […]
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो […]
गगन अयडी २४ धनगढी। बाजुराको त्रिवेणी नगरपालिकाले जिल्लाबाहिर रहेका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाले जिल्ला बाहिर लकडाउनका कारण समस्या परेका विद्यार्थीलाई दुई/दुई हजार सहयोग गर्ने भएको हो। सोमबारको नगरपालिकाको बैठकले लकडाउनका कारण समस्यामा रहेका विद्यार्थीहरुलाई प्रति विद्यार्थी दुई हजारका दरले रकम पठाउने निर्णय गरेको हो। काठमाण्डौं, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्दनगर लगायतका शहरमा […]
काठमाडौं- कोरोना संकरमणको त्रास जारी रहँदा सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो । बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय […]
राजेन्द्र बिक/२४ बैशाख । नेकपाका युवा नेता तथा सभामुख अग्नि प्रसाद सापकोटाका स्वकीय सचिव नवराज ऐरले म कंचनपुर महेन्द्रनगर स्थित समाज कल्याण बाल अनाथालयमा खाद्यान्न सामाग्रीहरु सहयोग गर्नुभएको छ। अनाथालयका बालबालिकाका लागि सहयोग स्वरुप १५ कट्टा चामल, १५ केजि दाल, १ पेटि तेल, १ पेटि चाउचाउ र १५ पोका नुन उपलब्ध गराउनुभएको छ । सेवा […]
भक्तपुर । देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रेका सवारी पास र विभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको […]
काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दा लकडाउनमा बसेको सोमबार ४२ दिन भयो । लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा संक्रमण भेटियो । उनीहरू निको भएर घर फर्किसके । नयाँ संक्रमित नभेटिएको २२ दिन भयो । विदेशबाट संक्रमण बोकेर मानिसहरू काठमाडौं आउने सम्भावना पनि छैन । अन्तर्राष्ट्रिय उडान चैत ९ […]
२४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको […]
नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ । भारतमा कूल संक्रमितमध्ये १४ हजार १८२ जना निको भएका […]
नहकुल जोशी बाजुरा । गायक यश कुमारले गाएकाे गीत मैले छाेएकाे पानी चल्दैन ….निकै हिट भयाे । गीतका विषयमा विभिन्न टिका टिप्पणी पनि भयाे । जे हाेस् उनकाे गीत समाजकाे एउटा बिम्ब थियाे । तत्कालिन समाजकाे दलित र गैर दलितकाे विभेदलाइ उक्त गीतमा प्रस्तुत गरेका थिए । यस कुमारकाे गीत पुरानाे भैसक्याे तर, हाम्राे समाजमा जातका […]
काठमाडौं । मंगलबार साँझ काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीका कारण वर्षा तथा बदली भइरहेको छ । मौसम प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार अपरान्ह बस्दैछ ।बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बस्न लागको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने सविालय बैठकले स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए। पार्टीलाई एक ढिक्का बनाएर लैजाने २० बैशाखमा बसेको सचिवालयले […]
काठमाडौं : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। ११ बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आजको बैठकले लकडाउन थप्नेबारे निर्णय गर्दैछ। स्रोतका अनुसार सरकारले लकडाउन ७ देखि १० दिन थप्ने तयारी गरेको छ। मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको […]
अनिल शाही/काेल्टी २१ बैशाख। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आज देखि राहात वितरण गर्न सुरु गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा परेका मजदुर, श्रमिक, विरामी र विद्यार्थि लगायतका स्थानियको लगत संकलन गरी आर्थिक रकम सहयोग गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष चीरन्जीवि शाहीले बताउनुभएको छ । लकडाउनका […]