होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत १० गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा विभिन्न राजनीतिक दलका दोश्रो तहका नेताहरुले सम्बोधन गरेका छन् । बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान […]
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा फितलो प्रतिरक्षा गरेको भन्दै टिकाटिप्पणी हुन थालेपछि पटक–पटक हल्ला चल्यो–‘महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिँदै छन् ।’ हल्लाकै बीच प्रतिनिधिसभालाई सर्वोच्च अदालतले ब्यूँताएको करिब एक महिनापछि महान्यायाधिवक्ता खरेलले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरे । ‘राजीनामा किन लुकेर दिने, तपाईंहरुसँग फेस टु फेस कुरा गरेरै घोषणा गर्न बोलाएको हुँ’ विशेष पत्रकार […]
बागलुङ । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा विवाद हुँदा आमाछोरा मिलेर ४० […]
६ चैत, काठमाडौ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले राज्यले चाहेर मात्रै जातीय छुवाछुत तथा विभेदको अन्त्य हुन नसक्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जातीय छुवाछुत तथा विभेदको अन्त्यका लागि पीडकलाई दण्डित गरेर र राज्यले चाहेर मात्रै अन्त्य हुन नसक्ने बताएका […]
काठमाडौँ– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै खाँणले सर्वोच्चले असंवैधानिक भनेको अवस्थामा प्रधानमन्त्रीले नैतिक उत्तरदायी हुनु पर्दैन भनेर प्रश्न गरे । ‘संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै […]
काठमाडौं । । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो । यस्तो छ घटना […]
६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा धेरै सहभागी नहुने सांसदहरुको नाम संसदमा सार्वजनिक गरिएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाए । जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित भएका छन् । उनले संसदमा उपस्थित हुन नसक्नुको कारण अस्वस्थ भएको उल्लेख गरेका […]
रमित विक बाजुरा— गौमुल गाउँपालिकामा हेलिकप्टर बाट बिद्युत सामान ढुुवानी गरिएको छ । गाउँपालिकाको केन्द्र घट्मुनाबाट हेलिकप्टर बाट सामान ढुवानी भएको छ । गौमुल गाउँपालिका-१ विकट गाउँ अन्द्राडीमा निमाणर् गरिने अन्द्राडी साना जलविद्युतको सामाग्री ढुवानीका लागि हेलिकप्टर गौमुल पुुयाएको हो । विगत लामो समयदेखि अध्यारोमा बस्न बाध्य भएका गाउँपालिकाका जनताहरुलाई उज्यालो बाल्ने सपना पूरा गर्ने […]
६ चैत, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले महत्वपूर्ण उपलब्धी हात पारेको दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मुख्य उपलब्धीहरु सुनाए । १. नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त मन्त्री ज्ञवालीले संविधान नम्माने र देशकै अस्तित्वलाई चुनौती दिने समूहलाई शान्तिपूर्ण मुलधारमा ल्याएको भन्दै उनले यसले नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त भएको बताए […]
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमालेको भोलिको केन्द्रीय कमिटी बैठकमा सबै उपस्थित हुनुपर्ने बताएका छन् । भोलिका लागि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । आज ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले अध्यक्ष ओलीविरुद्ध संघर्ष गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल र माधव […]
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए । झापाको गौरादह निवासी खरेल […]
६ चैत, काठमाडौं । कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो । नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरुद्धका खोपहरुको […]
६ चैत, बैतडी । दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको […]
महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । यसबारे उनले केही बेरपछि पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछन् । केही दिनअघि राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बोलाएर राजीनामा दिन दबाब दिएको स्रोतको भनाइ छ । यसअघि संसद् विघटनबारे सर्वोच्च अदालतको फैसलापछि पनि उनले राजीनामा दिने चर्चा चलेको थियो ।
५ चैत, मुगु । मुगु–हुम्ला लिंकरोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि यहाँको स्थानीय सरकारले बेलीब्रिज पुल निर्माण गर्ने भएको छ । छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलीब्रिज निर्माण गर्न लागेको हो । नगरपालिकाका प्र्रमुख हरिजङ्ग शाहीले सो पुल र पुलसम्म पुग्ने सडकको बुधबार […]
महोत्तरी: महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ। गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थालेको हो। यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी […]
काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले आफु खनाल नेपाल पक्षमै रहेको दाबी गरेकी छिन् । बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा पुगेलगत्तै फर्किएकी उनले आफु त्यहाँ झुक्किएर पुगेको दाबी गरेकी हुन् । उनले भनिन्ः ‘दलको बैठकमा नेताहरुले जाने नजाने भन्ने कुरा निश्चित नगरी झुक्याउँदा बालुवाटार पुगेँ ।’ सांसद चौधरीले नेताद्वय झलनाथ खनाल र माधव […]
५ चैत, काठमाडौं । नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ । बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो । गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । तर, दलको बैठकको निर्णय […]
५ चैत, काठमाडौं । काभ्रेमा भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए। भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।
५ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । बोर्डमा २७ जना रहनेछन् । बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ । कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र […]