होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • राजीनामा घोषणा गर्दै महान्याधिवक्ताले भने- समयले घण्टी बजायो
Breaking News

राजीनामा घोषणा गर्दै महान्याधिवक्ताले भने- समयले घण्टी बजायो

  • नागरिक रैबार
राजीनामा घोषणा गर्दै महान्याधिवक्ताले भने- समयले घण्टी बजायो

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा फितलो प्रतिरक्षा गरेको भन्दै टिकाटिप्पणी हुन थालेपछि पटक–पटक हल्ला चल्यो–‘महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिँदै छन् ।’ हल्लाकै बीच प्रतिनिधिसभालाई सर्वोच्च अदालतले ब्यूँताएको करिब एक महिनापछि महान्यायाधिवक्ता खरेलले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरे ।

‘राजीनामा किन लुकेर दिने, तपाईंहरुसँग फेस टु फेस कुरा गरेरै घोषणा गर्न बोलाएको हुँ’ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै खरेलले भने–‘प्रधानमन्त्रीसँग सल्लाह गरेर नै राजीनामा दिएको छु ।’ राजनीतिक र कानुनी वृत्तमा प्रधानमन्त्री केपी शर्माओली र अग्निप्रसाद खरेलको सम्बन्ध चिसिएको आशंका गरिएको थियो । तर, खरेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध ‘राम्रो’ भएको दावी गरेका छन् ।

समयले घण्टी बजाएको बुझेर आफुले राजीनामा दिएको खरेलले बताए । ‘यहाँभन्दा बढी यो संस्थामा गर्न सक्दिन, यहाँ गर्ने सेवा भारी भयो’ खरेलले भने–‘समय बलवान छ, म रोक्न सक्दिन ।’ प्रतिनिधिसभा विघटनको मुद्दा प्रतिरक्षा गरेकोमा प्रधानमन्त्री ओलीले धन्यवाद दिएको खरेलले दावी गरेका छन् । ‘प्रतिरक्षामा प्रधानमन्त्रीले धन्यवाद दिनुभएको छ’ उनले भने–‘प्रधानमन्त्रीसँग अहिले पनि छु, भोलि पनि रहन्छु ।’

विज्ञापन

राजीनामा घोषणा गर्दा खरेलले पत्रकारहरुसँग गुनासो गरेका छन् । लामो समय प्रेस स्वतन्त्रताका लागी लडेको उल्लेख गर्दै खरेलले भने–‘मलाई एकपटक पनि नसोधी राजीनामाको समाचार लेखियो, कमसेकम सोधेको भए हुन्थ्यो मेरो त्यहि गुनासो छ ।’

 

राजनीति गर्छु
करिब ३ वर्ष महान्यायाधिवक्ताको रुपमा काम गरेका खरेलले अब राजनीतिक जीवनमा फर्कने बताएका छन् । ‘विगतमा जहाँबाट आएको थिएँ त्यहिँ फर्कन्छु’ खरेलले भने–‘फुटबल मैदानमै गोल गर्नेगरी फर्किन लागेको हुँ ।’

गृहजिल्ला झापाबाट चुनाव लड्नेबारे पत्रकारले सोधेको प्रश्नमा खरेलले भने– ‘त्यो मेरो हातमा छैन ।’ ०४२ मा कानुनी अभ्यास शुरु गरेका खरेलले अब तत्काल वकालतमा नफर्कने बताएका छन् । निष्ठाको राजनीति गर्ने उल्लेख गर्दै खरेलले भने–‘शीर निहुराएर हिँड्दिन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै