होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभाको बैठकमा धेरै अनुपस्थित हुने ११ सांसद
समाचार

प्रतिनिधिसभाको बैठकमा धेरै अनुपस्थित हुने ११ सांसद

  • नागरिक रैबार
प्रतिनिधिसभाको बैठकमा धेरै अनुपस्थित हुने ११ सांसद

६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा धेरै सहभागी नहुने सांसदहरुको नाम संसदमा सार्वजनिक गरिएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाए ।

जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित भएका छन् । उनले संसदमा उपस्थित हुन नसक्नुको कारण अस्वस्थ भएको उल्लेख गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित थिए । अस्वस्थ भएर संसद बैठक आउन नसकेका उनको निधन भइसकेको छ ।

 

विज्ञापन

नेकपा एमालेकी सांसद नविना लामा १९ बैठकमा अनुपस्थित भएकी छन्, उनले उपचारका लागि भारत गएकाले अनुपस्थित भएको कारण पेश गरेकी छन् । १७ बैठकमा अनुपस्थित भएकी सांसद कलिला खातुनले इद मनाउन विदा लिएको उल्लेख गरेकी छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी सांसद यशाेदा सुवेदी गुरुङ र निर्जला राउत १४ बैठकमा अनुपस्थित भएका छन् । उनीहरु अस्वस्थ भएको कारण उल्लेख गरेका छन् । सांसद सुरेशचन्द्र दास १३ बैठक, गणेश सिंह ठगुन्ना महेन्द्रकुमारी लिम्बु, रुही नाज ११ बैठकमा अनुपस्थित भएका छन् ।

सांसद दासले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि जिल्ला गएको, ठगुन्नाले घरायसी काम, लिम्बुले विदेशमा औषधी उपचार, रुही नाजले रमजान पर्व मनाउन विदा लिएको उल्लेख गरेका छन् । सांसद केदार सिग्देल १० बैठकमा अनुपस्थित भएका छन् र उनले आफू घरायसी कामले आउन नसकेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार