होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताएका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज तेस्रो दिन उनले रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै मन्त्रिपरिषद्ले सिफारिसमा गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नसक्ने […]
६ माघ, काठमाडौं । शुक्रबार बिहान खानेतेल किन्न किराना पसल छिरेकी बालाजु बाइपासकी सुभद्रा अर्याल तेलको मूल्य सुनेर तीनछक्क परिन् । चारदिनको फरकमा सूर्यमुखी र भटमासको खाने तेलको मूल्य लिटरमा १५ रुपैयाँ महंगो भएपछि पसलेतिर उनले प्रश्न गरिन्– अब जनता कसरी बाँच्ने ? किराना पसले सुवास पन्थीले जवाफ फर्काए– ‘होलसेलबाटै महंगो भएको छ, हामीले नै […]
संसदीय इतिहासमा विरलैमात्रै देखिने दृश्य यसपटक प्रदेश १ को संसदमा देखिने सम्भावना उच्च भएको छ।नेपालकै संसदीय इतिहासमा पनि विपक्षीले गर्ने रोष्ट्रम घेराउदेखि कुर्सी तोडफोडका घटना प्रतिनिधिसभा र संविधान सभामा देखिएको थियो। यसपटक प्रदेश १ को संसदमा भने विपक्षीभन्दा पनि सत्तारूढ नेकपाको लहरमा सुरक्षा बल बढी केन्द्रित हुने भएको छ।भोलि बुधबारदेखि सुरू हुने प्रदेश १ संसदको […]
केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ््याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई […]
५ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झण्डै दुई तिहाइ बहुमत भएको प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा के का लागि ? प्रतिनिधिसभा विघटनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीबाट जवाफ अपेक्षा गरिएको प्रश्न हो, यो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष पठाएको सिफारिसमा नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि आफ्नो पार्टीलाई दुई तिहाइ मत […]
५ माघ, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ । कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो । यो प्रतिवेदन राष्ट्रिय योजना आयोगले तयार पारेको हो । आयोगले यो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ, तर सार्वजनिक भने गरेको छैन । […]
५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउने बेला आएको बताएका छन् । सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसायीहरुले लड्ने भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई जनतामा जान आग्रह गरे । ‘लक्षण गतिलो देखिएन । जनताले आफ्नो फैसला ढिला गर्न हुने भएको छैन’, आफ्नो समूह निकट […]
५ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ३०६ नमुना परीक्षण गर्दा १२४ महिला र १९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार […]
५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् । संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका काम कारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गरे । सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईँलगायत सहभागी रहेका थिए ।
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका छन् । अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए । सोमबार आफू निकट अखिल […]
५ माघ, काठमाडौं । संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्न नसक्ने भनी संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिएको अभिव्यक्तिले प्रवेश पाएको छ । सोमबार बहसका क्रममा अधिवक्ता सरोजकृष्ण घिमिरेले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्याख्या गरेको सुनाए । त्यसले संविधानमा यस्तो व्यवस्था […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुससहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए। जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिँदै उनले […]
५ माघ, विराटनगर । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुनेछ । संसद विघटनसँगै फुटेको नेकपाको प्रचण्ड-माधव समूहले ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । दुवै समूहले एकअर्काे समूहमा लागेका प्रदशेसभा […]
काठमाडौँ — संसद् विघटनबारेका मुद्दामाथिको सुनुवाइका क्रममा सर्वोच्च अदालतको संवैधानिक इजलाससामु बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन भन्ने प्रश्न बारम्बार उठिरहेका छन् । त्यस्तै, बहुमतको प्रधानमन्त्रीले नै संसद् विघटन गरेर निर्वाचनमा जाने हो भने भविष्यका लागि कस्तो नजिर स्थापना होला भन्ने चिन्ता पनि रिट निवेदकले उठाइरहेका छन् । प्रतिनिधिसभा विघटन गर्नुपछाडिको कारण पार्टीभित्रको […]
५ माघ, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले कुनै पनि बहानामा हाम्रा बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताएका छन्। भारतका ‘द पोलिसी टाइम्स’ र ‘शिव नादर युनिभर्सिटी’द्वारा आयोजित ‘वल्ड एजुकेसन कन्फ्ररेन्स–२०२१’ मा प्रमुख अतिथिको रूपमा बोल्दै चौधरीले विश्वभरका मानवको जीवनस्तर उकास्न गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने बताए। ठूला व्यापारिक संस्थाले सामाजिक उत्तरदायित्वका […]
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। सोमवार बिहान सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्–‘लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ।’ पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिँदै यसपछिमात्र निर्वाचनमा जानु उपयुक्त हुने मत पेश गर्दै […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको तानाशाह र निरकुश प्रवृत्ति नहटेकाले उनलाई आजै अन्तिम स्पस्टीकरण सोध्ने बताएका छन् । कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले केपी ओली कम्युनिस्ट पार्टीको सदस्य नै हुन लायक नभएको पनि बताए । […]
नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि […]
५ माघ, काठमाडौं । संसद विघटनको मुद्दामा रिट निवेदकको पक्षमा बहस गर्दै अधिवक्ता दिनमणि पोखरेलले संसद विघटन राजनीतिक प्रश्न हो भनेर उम्किन नमिल्ने बताएका छन् । सोमबारको बहसमा अधिवक्ता पोखरेलले भने, ‘संविधानमा नभएको कुरालाई प्रयोग गरेर पार्टी भित्रको इन्ट्रेस्ट म्यानेज गर्न नसकेर संसद विघटन गर्ने ? त्यसकारण यो राजनीतिक प्रश्न भनेर उम्कन मिल्दैन ।’ […]