होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको […]
७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकासलाई सहजीकरण गर्न जनताको अदालतमा जाने बताएका छन् । पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने बताए । ‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दुर्भाग्यपूर्ण […]
विराटनगर — प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । दिउँसो २ बजे ११ मिनेटमा सुरु भएको बैठक सभामुख भण्डारीले पत्र सुनाएर […]
काठमाण्डाै – नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो । रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको […]
काठमाण्डाै – भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (बिहीबार) भोलि नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिनुभएको हो । कार्यक्रममा मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र […]
स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही […]
काठमाडौं । फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । २० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस–२ घर भई हाल कुमख गाउँपालिका–४ बस्ने ३६ वर्षीय […]
जनता समाजवादी पार्टी नेपालले संसद् विघटनको विरुद्धमा आज सबै जिल्लाको सदरमुकाममा विरोधका कार्यक्रम आयोजना गरेको छ । संसद विघटन विरुद्धको दोस्रोचरणको आन्दोलन अन्तर्गत आज अन्तिम दिन जिल्लाका सदरमुकाम तथा मुख्य शहरमा विरोधसभा सम्पन्न गरेर थप कार्यक्रमबारेमा पार्टीले आवश्यक निर्णय लिने जसपा नेपालका नेता डा.सुरेन्द्र झाले बताए । पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र […]
७ माघ, काठमाडौं । कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान ३५ जना पत्रकारहरूलाई प्रदान गरिने भएको छ । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीको साझा संस्था एनआरएनए अष्ट्रेलियाको सहयोग एवम् नेपाल पत्रकार महासंघसँगको सहकार्यमा लेखनवृत्ति पत्रकार सम्मान प्रदान गर्न लागिएको हो । महासंघका अनुसार उनीहरुलाई नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरिने छ । यी हुन् सम्मानित […]
धनगढीः नेकपा प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज एवंम् स्थायी कमिटि सदस्य डा.भीम रावल धनगढी पुगेका छन। नेकपा विभाजनपछि रावल दोस्रो पटक मंगलबार गृह प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका हुन्। मुख्यमन्त्री त्रिलोचन भट्टले रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्ती गर्ने तथा प्रदेश सरकार विस्तार एवंम् पुनर्गठनको गृहकार्य गरिररहेका बेला रावल धनगढी पुग्नलाइ अर्थपूर्ण तरिकाले हेरिएको छ। रावलसँगै […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्रीलाई हटाएर राज्यमन्त्रीसहित ७ जना नयाँ मन्त्री थप्नेगरि नेकपा प्रचण्ड–नेपाल समूहले गृह कार्य अगाडि बढाएको चर्चा चलेको छ। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीले थालेको चर्चा […]
७ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)का अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने बताएका छन् । बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा नेपालले भने, ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ ।’ आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै नेपालले भने, ‘गल्ती […]
७ माघ, विराटनगर । प्रदेश १ को सातौं अधिवेशनको पहिलो बैठक आज बस्दैछ । नेकपाको विभाजनपछि बस्न लागेको बैठकमा नेकपा प्रचण्ड–माधव पक्ष र ओली पक्ष एकअर्काविरुद्ध उत्रिने सम्भावना छ । ओली समूहले प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने बताउँदै आएको छ । प्रचण्ड–माधव पक्ष भने बैठक कक्षमा प्रवेश गर्ने र मुख्यमन्त्री […]
७ माघ, काठमाडौं । संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ । प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिएका हुन् । अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘डासाबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौं ।’ बहस […]
धनगढीः कैलालीमा रोकेको ट्रकमा अटो रिक्सा ठोक्किएर भएको दुर्घटनामा परेर २ जना घाइते भएका छन। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी ताल नजिकै सडकमा रोकेको से १ ख ९२३ नम्बरको ट्रकमा सुदूरपश्चिम प्रदेश ०१००१ ह ३५९३ नम्बरको अटो ठोक्किदा चालकसहित २ जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब […]
नागरिक रैबार बाजुरा ६ माघ सदरमुकाम मार्तडीस्थित दुनीहाटबजारबाट प्रहरीले पसल चाेरि गरेकाे अाशंकामा एक जना महिलालाई पक्राउ गरेकाे छ । पक्राउ हुनेमा बडीमालिका नगरपालिका वडा नं. ८ कि जुना रावल रहेकाे कुरा हाटबजारका व्यापारी तथा घटना स्थलमा उपस्थिति स्थानीयले बताएका छन् । निज महिलालाई बाँनिया हाेटेल नजिकबाट मंगलबार साँझ पक्राउ गरि थप अनुुुसन्धानका लागि जिल्ला […]
६ माघ, काठमाडौं । नेपाल प्रहरीले आसन्न मध्यावधि निर्वाचनका लागि संगठनलाई कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रालयमा पेश गरेको छ । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आधारमा नयाँ विवरण तयार पारेर खर्च विवरण पेश गरिएको हो । मन्त्रालयका एक अधिकारीले बताएअनुसार म्यादी प्रहरी भर्नाका लागि साढे ५ […]
६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ९५६ नमुना परीक्षण गर्दा १२९ महिला र २१९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६२ हजार […]
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित राडी बजारमा नेकपा प्रचण्ड–माधव पक्ष र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त भएको छ । झडपपछि प्रहरीले अश्रु ग्याससहित १७ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । तर, अझै स्थिति पूर्ण नियन्त्रणमा नआएकाले थप सुरक्षाकर्मी मगाइएको जिल्ला प्रहरी प्रमुख […]
अचेल टोलटोलमा, बस्तीबस्तीमा, शहरमा, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा अनि चिया पसलमा कमरेडहरुको चर्चा छ । एकीकरणका बेलादेखिकै बिवाद बल्झदै फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुस ५ गतेको असंबैधानिक कदमपछि खुलेआम दुई कित्तामा बाँडिएको छ– एक सरकारवादी नेकपा, एक सडकवादी नेकपा । दुवै नेकपाहरु गाउँगाउँ–बस्तीबस्तीसम्म पुगेका छन् । गाउँमा एक हुल आउँछ, केही मान्छे जम्मा […]