होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
५ माघ, काठमाडौं । संसद विघटनको मुद्दामा रिट निवेदकको पक्षमा बहस गर्दै अधिवक्ता दिनमणि पोखरेलले संसद विघटन राजनीतिक प्रश्न हो भनेर उम्किन नमिल्ने बताएका छन् । सोमबारको बहसमा अधिवक्ता पोखरेलले भने, ‘संविधानमा नभएको कुरालाई प्रयोग गरेर पार्टी भित्रको इन्ट्रेस्ट म्यानेज गर्न नसकेर संसद विघटन गर्ने ? त्यसकारण यो राजनीतिक प्रश्न भनेर उम्कन मिल्दैन ।’ […]
५ माघ, कैलाली । सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन अन्त्य भएको ५ महिना बितिसक्दा पनि हिउँदे अधिवेशन सुरु हुने सुरसार छैन । गत साउन ३१ गते प्रदेशसभाको छैटौँ एवम् बजेट अधिवेशन अन्त्य भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि नयाँ विधेयक दर्ता भएका छैनन् । जसका कारण अझै केही समय प्रदेश सभा सञ्चालन नहुने […]
५ माघ, काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने समय आएको बताएका छन् । आन्दोलनमा जाने कि निर्वाचनमा भनेर कांग्रेस अलमलमा रहेको भन्दै उनले देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने बताए । संसद पुनःस्थापना भए कांग्रेसले नै नेतृत्वको अवसर पाउन […]
काठमाडौँ – नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन भएको छ । सेनाको संशोधित नियमावलीका अनुसार नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने व्यवस्था गरिएको छ । सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरेको छ । सैनिक स्रोतका अनुसार नयाँ नियमावलीअनुसार अब २०६० साल […]
५ माघ, भजनी (कैलाली) । कैलालीको टीकापुर नगरपालिका-१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेशिया पुगे । त्यहाँ पुग्दा दलालको फन्दामा परेका उनले सुरुमा महिनामा १८ हजारमा एक होटेलको काममा लाग्नुपर्यो । नेपाल फर्किने पनि उनीसँग कुनै उपाय थिएन । विमानस्थलबाटै बलबहादुरको राहदानी दलालले आफ्नो हातमा लगिसकेको थियो । दुई वर्ष मलेशिया बसेका […]
५ माघ, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबारको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको हो । अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् । आइतबार चार जना अधिवक्ताहरुले रिटमाथि बहस गरेका थिए । संसद विघटनको मुद्दामा आइतबार न्यायाधीश र वकिलबीच सवाल […]
सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका सकरदही टोलमा आगलागी हुँदा चार घर जलेका छन् । कङ्कालिनी–२ सकरदहीका जगन सुतिहारको गाई/गोठबाट सुरु भएको आगोले नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदसहित २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पनि […]
सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ । यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड मोरङका १७ वटै स्थानीय तह र जिल्लास्थित राजनीतिक दललाई […]
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदैछ । आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले लगातार सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखेका थिए । आइतबार रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए । बहसका क्रममा पोखरेलले प्रचण्ड र माधव नेपालले असहयोग गरेकै कारण […]
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ । पोखरा–१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित पानीको नमुना लिई प्रयोगशालामा परीक्षण गर्दा कोलीफर्म भेटिएको जानकारी दिँदै कार्यालय प्रमुख शिवजी बरालले शुक्रबार अदालतमा मुद्दा […]
५ माघ, काठमाडौं । यतिबेला राजनीतिक वृत्तमा चर्चा छ, भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको अनेक कोसिसका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किन भेट दिएनन् ? भारतको विदेशमन्त्री, सचिव र खुफिया एजेन्सी प्रमुखले नेपालका प्रधानमन्त्री र राष्ट्रपतिसँग सहजै भेट पाउने तर नेपालको परराष्ट्रमन्त्रीले शिष्टाचार भेटसमेत किन पाएनन् ? राजनीतिक दलका नेतादेखि, विज्ञ र सर्वसाधारणले […]
५ माघ, जाजरकोट । ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ । अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका कारण निकुञ्जको सुरक्षा र संरक्षणमा चुनौती सिर्जना हुँदै आएको छ । […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन्। अखिल नेपाल महिला सङ्घ(अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन गर्न वाध्य भएको बबताएका छन्। उनले […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यसैगरी, हाल देशका विभिन्न स्थानहरु प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । आगामी तीन दिनको […]
काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो । आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन […]
मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरी बल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए । यसका लागि अग्नि रेखा तयर गरी आगो आउने क्षेत्रमा आगो लगाएर […]
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश रोएका बेला प्रधानमन्त्री केपी शर्मा ओली हाँसेर बसेको बताएका छन् । अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडांैमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिंगो देश रोएका बेला ओली हाँसेर बसेको बताएका हुन् । ‘केपी ओली मलामी जानेबेलामा हाँस्दै हिँड्नुभएको छ । जन्ती जानेबेलामा रुँदै हिँड्नुहुन्छ’, प्रचण्डको भनाइ छ […]
४ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताए । आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो । आक्रामक हुनुपर्यो । बाघ र सिंह गर्जिए […]
४ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र वरिष्ठ अभिवक्ता भीमार्जुन आचार्यबीच रोचक सवाल-जवाफ भएको छ । संसद विघटन असंवैधानिक भएको भन्दै बहस गरेका आचार्यले संविधानको धारा ७६ को जिकिर गरेका थिए । त्यसक्रममा इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश जबराले केही प्रश्न गरे । प्रन्या : धारा ७६ […]
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा सकिएको छ । आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकीलहरुले बहस गर्ने क्रम जारी रहेकाले लगातार सुनुवाइ हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो । आज रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए । बहसका क्रममा पोखरेलले प्रचण्ड र माधव नेपालले असहयोग गरेकै कारण […]