होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना लागेका सांसदले कसरी गर्लान् ओलीको पक्ष–विपक्षमा मतदान ?
समाचार

कोरोना लागेका सांसदले कसरी गर्लान् ओलीको पक्ष–विपक्षमा मतदान ?

  • नागरिक रैबार
कोरोना लागेका सांसदले कसरी गर्लान् ओलीको पक्ष–विपक्षमा मतदान ?

कोरोनाको महामारीकै नीचमा आगामी बैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिभासको बैठक बस्दैछ । प्रधानमन्त्रीले आफूसँग बहुमत सदस्यको विश्वास छ कि छैन भनेर जाँच गर्न यो अधिवेशन डाकिएको हो । बैठकमा प्रधानमन्त्रीको पक्ष र विपक्षमा सांसदहरुले मतदान गर्नुपर्ने छ । तर, धेरैजना सांसदहरु कोरोना पोजेटिभ भएर अहिले आइसोलेसनमा छन् । कोरोना पोजेटिभ देखिएका सांसदहरुले एउटै कापीमा कसरी हस्ताक्षर गर्ने भन्ने अन्योल छ ।

संसद सचिवालयले सोमबारदेखि नै बैशाख २७ को बैठकसम्बन्धी तयारी सुरु गरेको छ । सोमबार दिउँसो डा. भगवान कोइराला लगायतका चिकित्सकहरुलाई संसद भवनको निरीक्षण समेत गराएर परामर्श लिइएको संसद सचिवालयका कर्मचारीले जानकारी दिए ।

स्रोतले भन्यो, ‘विज्ञ चिकित्सकहरुको टोलीले स्थलगत निरीक्षण गरेपछि सभामुखज्यूले स्वास्थ्य सम्बन्धी मापदण्डबारे डाक्टरहरूसँग छलफल गर्नुभएको छ । उहाँहरुको सुझावअनुसार बैठक अगाडि बढ्छ ।’

विज्ञापन

चिकित्सकहरुको सुझाव अनुसार बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा पीसीआर जाँच नगरी सांसदहरुले सहभागिता जनाउन नपाउने भएका छन् । बैठकमा उपस्थित हुँदा मास्क अनिवार्य लगाउनुपर्ने छ भने सांसदहरुले दुई मिटरको दुरीमा रहनुपर्नेछ ।

पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएका सांसदहरुलाई मतदानमा कसरी सहभागी गराउने भन्नेबारे चाहिँ कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर टुंगो लगाइने संसद सचिवालय स्रोतले रातोपाटीलाई बतायो ।

सभामुखले आयोजना गरेको छलफलमा प्राडा भगवान कोइराला, डा. लोचन कार्की, डा. अनुप सुवेदी लगायतका चिकित्सकको सहभागिता थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार