होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्युठानमा बस दुर्घटनामा एक बालकको मुत्यु, २२ घाइते
समाचार

प्युठानमा बस दुर्घटनामा एक बालकको मुत्यु, २२ घाइते

  • नागरिक रैबार
प्युठानमा बस दुर्घटनामा एक बालकको मुत्यु, २२ घाइते

दाङ । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।प्युठानबाट दाङको घोराही आउँदै गरेको यात्रु बस शनिबार बिहान साढे ११ बजे प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको प्रहरी कार्यालय प्युठानका डीएसपी सत्यनारायण थापाले बताए । उनका अनुसार घाइते २२ जनालाई उपचारका लागि दाङ स्थित राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

प्युठानबाट घोराही आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस प्युठानको माण्डवी गाउँपालिका–२ सेतोपरामा दुर्घटना भएको हो । करिब ३० जना यात्रु बोकेको बस अनियन्त्रित हुँदा सडकदेखि ७० मिटर तल खसेको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार