होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १० बुँदे घोषणा पत्र जारी गर्दै सकियो पत्रकार महिलाको प्रदेश भेला
समाचार

१० बुँदे घोषणा पत्र जारी गर्दै सकियो पत्रकार महिलाको प्रदेश भेला

  • नागरिक रैबार
१० बुँदे घोषणा पत्र जारी गर्दै सकियो पत्रकार महिलाको प्रदेश भेला

धनगढी : सुदूरपश्चिमको डडेल्धुरामा आयोजित पत्रकार महिलाहरुको प्रदेश भेला बुधबार सम्पन्न भएको छ। पत्रकार महिलाहरुको क्षमता विकासको उद्देश्यका साथ आयोजना गरिएको उक्त भेला १० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो।

भेलाले पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता, पेशागत स्थायित्व, दक्षता अभिवृद्धिका लागि आवश्यकता अनुरुप विषयगत तालिम सञ्चालन, सम्पूर्ण सञ्चार गृहमा पत्रकार नियुक्ति र पदोन्नतीमा समावेशी नीति अपनाउनुपर्ने माग घोषणा पत्रमा राखेको छ। नीतिगत र नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता सुनिश्चित गर्न सञ्चार सम्बद्व विभिन्न निकायमा हुने नियुक्तिमा पत्रकार महिलाको समान सहभागितालाई सुनिश्चित गर्न तीन वटै तहको सरकारसँग माग गरिएको छ।

यसैगरी आमसञ्चार नीति र श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्नुका साथै सञ्चार सम्बन्धी प्रदेश र स्थानीय कानुनहरु अविलम्व निर्माण गरी लागु गर्न, त्यस्ता कानुनमा पत्रकार महिलालाई विशेष व्यवस्थाको नीति अवलम्वन गर्न, केन्द्र, प्रदेश र स्थानीयस्तरमा महिलाद्वारा सञ्चालित छापा तथा विद्युतीय माध्यमको स्थायित्वका लागि संरक्षण, संवद्र्धन र प्रोत्साहन गर्न प्रदेश र स्थानीय सरकार समक्ष आवश्यक नीतिगत व्यवस्था गर्न, सबै सञ्चार माध्यमले त्यहाँ कार्यरत पत्रकारहरुलाई नियुक्ति पत्र अनिवार्य दिन र आन्तरिक लैंगिक नीति बनाएर कार्यान्वयन गर्न घोषणा पत्रमार्फत माग गरिएको छ।

विज्ञापन

त्यस्तै, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रेस काउन्सिलले उपलब्ध गराउँदै आएको पत्रकार उपचार सहायता र सञ्चार उपकरण खरीद रकम उपलब्ध गराउने विद्यमान व्यवस्थामा पुनरावलोकन गरी पत्रकार महिलाहरुलाई विशेष प्राथमिकता प्रदान गर्नुका साथै बिमा व्यवस्था, पत्रकार महिलाका लागि फेलोसिपका कार्यक्रम, अध्ययन छात्रवृतिमा प्राथमिकता प्रदान गर्न र महिलामाथि हुने सबै प्रकारका हिंसाका घटनाहरुको कानुनसम्मत तवरले सशक्त प्रतिरोध गर्नुका साथै महिला अधिकार हननका घटनामा प्रदेश र स्थानीय निकायमा गुनासो सुन्ने संयन्त्रको स्थापना गरी कार्यान्वयनमा लैजाने व्यवस्था गर्न भेलाबाट जारी गरिएको घोषण पत्रमार्फत माग गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्य, क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)को समन्वय र नेपाल पत्रकार महासंघ डडेल्धुराको आतिथ्यता तथा व्यवस्थापन सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले डडेल्धुरमा दुई दिने (८ र ९ गते) भेला सम्पन्न गरेको हो। भेलामा नौ वटै जिल्लामा कार्यरत सय बढी महिला पत्रकारहरुको सहभागिता रहेको थियो।

भेलका सहभागी महिला पत्रकारहरुले श्रमअनुसार पारिश्रमिक नपाइरहेकै कारण पत्रकारिता पेशामा महिलाहरु टिक्न नसक्ने गरेको गुनासो गरेका थिए। आफ्ना पेशागत समस्याहरु राख्ने क्रममा उनीहरुले आफू कार्यरत मिडिया हाउसमा महिला र पुरुष पत्रकारको पारिश्रमिकमा असमानता रहेको बताउँदै एउटै पेशामा रहेको सो असमानता हटाउनुपर्ने माग गरेका थिए। आफूहरुले गरिरहेको पेशाबाट सहजै जीविकोपार्जन गर्न सकिने गरी नीति नियम निर्माण गरी लागु गर्नसके कोही पनि पत्रकार महिलाले आफ्नो पेशाबाट पलायन हुर्नुपर्ने अवस्था नआउने उनीहरुको तर्क थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै