होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले मंगलबारदेखि देशलाई पूर्ण रुपमा लकडाउन गरेको छ। लकडाउन गरेको अघिल्लो दिन भारत र चीनसँग जोडिएका सबै सीमानाका बन्द गर्ने निर्णय गरेको थियो। सरकारले सीमा नाका बन्द र लकडाउन गरेपनि भारतमा रोजगारीको सिलसिलामा गएकाहरु भने फर्किने क्रम रोकिएको थिएन्। मंगलबार गौरीफन्टा र गड्डाचौकी नाकामा सयौँको संख्यामा फर्किनेहरु रोकिएपछि प्रवेश गर्न पाउनुपर्ने माग सहित नाराबाजी नै […]
अछाम १२ चैत । अछाममा दुइजनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको आशंका गरिएको छ । आफना आफन्त संग भारतबाट आएका ढकारि गाउपालिकाका पाँच बर्षिय बालकलाई मंगलसैन स्थित अछाम जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । साथै भारतबाट आएका आर्का एक ब्यक्तिलाई पनि कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । छ दिनदेखि निरन्तर ज्वरो आएपछि […]
मदन विक/बाजुरा १२ चैत्र। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीबाट जोगिन सरकारले मंगलबार बाट घोषणा गरेको ‘लकडाउन’ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन बाजुरा प्रहरीले पनि सक्रियता बढाएको छ । मंगलबारबाट सूरु भएको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकाम मार्तडी लगायतका बजारहरुमा बिहानैदेखि सकडमा गस्ति परिचालन संगै कोरोना भाइरसबारे जनचेतना जगाउँदै माइकिङ समेत गरेको छ […]
सुदूरपश्चिम प्रदेश सरकारले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा व्यवस्थापनका लागि स्थानीय तहलाई झण्डै तीन करोड उपलब्ध गराउने भएको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले धनगढी उपमहानगरपालिका सहितका ८८ स्थानीय तहलाई कोरोना व्यवस्थापनका लागि दुई करोड ९९ लाख बजेट उपलब्ध गराउने निर्णय गरेको हो। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उपमहानगरपालिकालाई पाँच लाख, ३३ […]
नागरिक रैबार/चैत ११ बाजुरा। बाजुरा जिल्लामा पनि कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षताका जिल्ला सुरक्षा समिति १० निर्णय गरेको छ । मंगलबार विहान बसेको सुरक्षा समितिको बैठकले आजबाट १८ गते विहान ६ बजेसम्मका लागि कोरोना भाइरस (कोडिभ–१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रात्मक […]
अर्जुन शाह, धनगढी, ९ चैत । कोरोना भाइरसको सम्भावित संक्रमणको त्रासमा सरकारी कार्यालयसमेत बन्द हुने अवस्था आइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले भने आठ महिनादेखि थन्क्याएको बजेट बिहीबार राति बाँडेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मत्रालयले पूर्वाधार विकासतर्फ विभिन्न योजनामा झण्डै डेढ अर्ब रुपैयाँ बाँडेको हो । चालु आर्थिक वर्षको बजेटमा अर्थ विविध शीर्षकमा एकमुष्ट राखिएको उक्त […]
सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार दुई वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।राना थारु समूदायको महत्वपूर्ण पर्व खखडेहराको अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । भोली कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कर्यालय एवं सार्वजनिक नियकाहरु बन्द रहने छन् ।
३ चैत, काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आइतबार साँझ सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूबीच आयोजित भिडियो कन्फरेन्स आजका सबै अखबारहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक, आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहहरूले समेटेका छन् । ‘महामारी जित्ने र्साकको वाचा’ शीर्षकमा अन्नपूर्णले सार्कका राष्ट्र एवं सरकार प्रमुखबीच भएको भिडियो कन्फरेन्सबारे मुख्य समाचार बनाएको […]
धनगढी : निकै महत्वपूर्ण मानिएको नेपाल कम्युनिष्ट पार्टीको सुदूर पश्चिम प्रदेश कमिटिको तेस्रो बैठक अन्ततः होहल्ला, बिबाद र हानथापमै टुंगिएको छ । फागुन १८ गते बसेको बैठक कुनै महत्वपूर्ण निर्णय नै नगरी टुंगिएको छ । पार्टीभित्रको आन्तरिक बिबादका कारण बैठकले कुनै महत्वपूर्ण निर्णय गर्न सकेन । नेकपाका सुदूरपश्चिम प्रदेश समितिका ईञ्चार्ज भीम रावल पक्षधरहरु रावलमाथि बिमानस्थलमा […]
धनगढी : बलात्कार दुस्प्रयासको आरोपमा पक्राउ परेका नेकपाका सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सभा सदस्य अक्कलवहादुर रावललाई ५ बर्ष सम्म कैद हुन सक्ने व्यवस्था रहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करणी प्रमाणित भए नेकपा रावललाई ५ बर्ष सम्म कैद हुने व्यवस्था रहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार जवरजस्तीकरणी उद्योगमा मुद्धा […]
बैतडीमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा बुधबार बिहान भएको बस दुर्घटनामा बैतडी सुर्नयाकी २२ वर्षीया बिनिता कुँवर, दार्चुला व्यासकी ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोबिन्दी कुँवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल घाइते प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि बैतडी र […]
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागिसात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् । गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’ उनले अघि भने, ‘उहाँ र मेरो संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मत गरेको […]
धनगढी : धनगढीमा जारी नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपमा आजदेखि सेमिफाईनलका खेल हुने भएका छन्। धनगढी रंगशालामा जारी प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएसंगे आजदेखि फाईनल प्रवेशका लागि खेल हुनेछन्। प्रतियोगितामा हिमालय शेर्पा, आयोजक सुदूरपश्चिम–११, एपीएफ क्लब र थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन्। आज प्रतियोगिताको पहिलो सेमिफाईनलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र विभागीय […]
नागरिक रैबार/बाजुरा १५ फागुन। सुदूरपश्चिम प्रदेश स्तरीय वक्तृत्व कला प्रतियोगितामा पनि बाजुराकाे बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका छन् । उनले वक्तृत्व कलामा सहभागी भएका सुदूरपश्चिम प्रदेश भित्रका ८ जिल्लाका प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान ल्याउन सफल भएका हुन् । यस अघि बाजुरामा संचालन गरिएको जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम भएका नेपाली सुदूरपश्चिममा संचालन […]
धनगढी : सुदूरपश्चिममा रहेकी राष्ट्रपति विद्या भण्डारीले आयोजना हुने चार कार्यक्रममा सहभागी हुने भएकी छिन्। हिजो धनगढीमा सुरु भएको विश्व नेपाली साहित्य महोत्सव र शिवनगर खानेपानी आयोजनाले गरेको कार्यक्रममा सरिक भएकी राष्ट्रपति भण्डारी आज थप चार कार्यक्रममा सहभागी हुने भएकी हुन्। आज विहान १० बजे दार्चुलास्थित मालिकार्जुनको दर्शन, ११ बजे मालिकार्जुन माविको निरिक्षण, २ बजे बैतडीको […]
धनगढी: धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ। होटल व्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका– १ स्थित खुला मञ्चमा महोत्सव शुरु भएको हो। खाना महोत्सवको पञ्चकन्याले नरसिंगको धुनको साथमा ९ वटा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको हो। […]
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रपतिद्वारा सुदूरपश्चिमका विभिन्न स्थानमा हुने भ्रमणबारे प्रदेश प्रमुखलाई आज जानकारी दिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुने भ्रमण तथा अवलोकनको तयारीको विषयमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसँग मुख्यमन्त्री भट्टले छलफल गरेका थिए। मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री भट्ट र […]
धनगढी विमानस्थल थप ७ दिन आशिंक बन्द हुने भएको छ। धावनमार्ग मर्मत सम्भार र स्तरबृद्धीको कामलाई निरन्तरता दिनका लागि फागुन ११ देखि १८ गते सम्मका लागि विमानस्थल आशिंक बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए। बुढथापाले धावन मार्ग मर्मत सम्भार र स्तरबृद्धिको काम बाँकी रहेकाले साझ ६ बजेदेखि विहान ८ बजेसम्म विमानस्थल बन्द रहने […]
धनगढी । शुक्रवारदेखि जारी नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण अन्तरगत आज पनि एक खेल हुँदैछ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अनुसार आज सशस्त्र प्रहरी बल एपिएफ र न्युरोड टीम एनआरटीबीच प्रतिस्पर्धा छ। खेल दिउसो साढे २ बजेदेखि धनगढी रंगशालामा सुरु हुनेछ। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा […]