होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा काेराेना सङ्क्रमित पहिचान गर्न स्वास्थ्य स्वयंसेवककाे अभाव
समाचार

बाजुरामा काेराेना सङ्क्रमित पहिचान गर्न स्वास्थ्य स्वयंसेवककाे अभाव

मन्त्री सुवेदी भन्छन, यति बेला लकडाउन सफल बनाउने हाे

  • नागरिक रैबार
बाजुरामा काेराेना सङ्क्रमित पहिचान गर्न स्वास्थ्य स्वयंसेवककाे अभाव

दयाराम पण्डित ।

चैत २४ बाजुरा। विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमित पहिचान गर्न बाजुरामा थप स्वास्थ्य स्वयंसेवकको आवश्यकता परेको छ । जिल्लामा कार्यरत २९६ वटा कर्मचारी आ-आफ्नो ड्युटीमा व्यस्त छन् ।

“ मौजुदा कर्मचारी हेल्थ डेस्क, क्वारेन्टाइन स्वास्थ्य संस्था, ज्वरो क्लिनिक र अति आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्न पुगनपुग छन् । कार्यरत कर्मचारीलाई नै गाउँमा पठाई सम्भावित सङ्क्रमित पहिचान गर्न नसकिने अवस्था छ । गाउँ गाउँमा पहिचान गर्न थप जनशक्तिको आवश्यकता परेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए ।

विज्ञापन

बाजुराका नौ वटा स्थानीय तह त्यो पनि भौगोलिक विकटता एक वडाबाट अर्को वडामा पुग्न एक दिनको पैदल दुरी हिँड्नु पर्ने बाध्यता छ । यति वेला सयौँ मानिस देश विदेशबाट घर आएका छन् । बाजुरामा चैत १२ गते देखि हेल्थ डेस्कमा चेक जाँच सुरु गरिएको हो । हालसम्म ६हजार ७ सय ६९ जनाको सामान्य स्वास्थ्य जाँच गरेर घर पठाइएको छ । त्यो भन्दा अगाडी कयौँ मानिस स्वास्थ्य परीक्षण नै नगरी घर पुगेका छन् । विगत तिन महिना यता कति मानिस भित्रिए भन्ने तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालय बाजुरासँग छैन । तथ्याङ्क सङ्कलन गरी बाहिरबाट आएका सङ्ख्या एकिन गर्न गाउँ गाउँमा स्वास्थ्यकर्मी परिचालन गर्न आवश्यक छ ।

“तत्काललाई एक पालिकामा कम्तीमा पाँच जनाका दरले ४५ जना स्वास्थ्य स्वयंसेवकको आवश्यकता छ । स्वास्थ्य जनशक्ति थपिएमा गाउँ गाउँमा लगत सङ्कलन विवरण ल्याउन सहज हुने बताइएको छ ।स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले भन्ने, स्वास्थ्य मापदण्ड अनुसार क्वारेन्टाइनमा राख्नका लागि सङ्क्रमित सम्भावित व्यक्ति पहिचान गर्न सामाजिक विकास मन्त्रालयमा स्वयंसेवकको माग गरेका छौँ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरिक्षक दानबहादुर रोकायका भने, “गत चैत्र १२ गते यता ११४ जना क्वारेन्टाइन राखेको केहीलाई होम क्वारेन्टाइनमा राखेका छौँ । कतिपय जिल्ला भित्र आएछन् भने कतिपय श्रमिकहरू जिल्ला बाहरि पनि गएका छन् । कति आए कति गए त्यसको यकिन तथ्याङ्क छैन । ”

कोरोना सङ्क्रमण वाट सुदूरपश्चिम प्रदेश प्रदेशका नागरिक बढी त्रसित भएको वेला स्वास्थ्य थप जनशक्ति व्यवस्थापनमा के पहल भइरहेको छ ? भन्ने जिज्ञासामा सुदूर पश्चिमप्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले  भने “ स्वयंसेवक राख्ने कुरा चलेको छ । माथिबाट पनि राख्ने कुरा भएको छ तर, यति वेला हामी लकडाउन कसरी सफल पार्ने भन्ने योजनाको छलफल मै छौँ । नयाँ स्वास्थ्य स्वयंसेवक राख्ने कुरा आउँदो वैशाख एक गते पछि मात्र सम्भव हुन्छ । ”

शनिवार मात्र सुदूर कैलाली र कञ्चनपुर जिल्लामा थप तिन जना कोभिड १९ सङ्क्रमित बिरामी पहिचान भएपछि हिजो अस्तिको भन्दा बाजुराको सदरमुकाम मार्तडीमा लकडाउन कडा पारिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार