होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । शुक्रवारदेखि जारी नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण अन्तरगत आज पनि एक खेल हुँदैछ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अनुसार आज सशस्त्र प्रहरी बल एपिएफ र न्युरोड टीम एनआरटीबीच प्रतिस्पर्धा छ। खेल दिउसो साढे २ बजेदेखि धनगढी रंगशालामा सुरु हुनेछ। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा […]
धनगढी : नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आजदेखि सुरु हुँदै छ। सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा आजदेखि प्रतियोगिता सुरु हुन लागेको हो। २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। विहानैदेखि बर्षा भईरहेपनि खेल मैदान खासै नबिग्रएकोले प्रतियोगिता आजैदेखि सुरु हुने अध्यक्ष हमालले बताए। प्रतियोगिताको उद्धघाटन सुदूरपश्चिमका मुख्यमन्त्री […]
त्रिभुवन आर्मीकी पुनम रावल थाइल्याण्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोटबाट पुनम महिला ६० केजी तौल समूहमा छनोट भएकी हुन् ।बुधबार भएको फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गरिन् । नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली […]
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल विहान साढै ९ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको दोस्रो खेल जीत्ने लक्ष्यमा हुनेछ । नेपाल भने यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहो-याउने पक्षमा हुनेछ । नेपालले शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको बडीमालिका नगरपालिका ९ स्थित क्रियटर जोन एकेडेमीका विद्यार्थीहरुले उत्कृष्ट काता खेल प्रर्दशन गरेका छन् । शुक्रबार विद्यालयमा आयोजित सितोरियो कराते ग्रेडिङ तथा राष्ट्रिय सेवा दल (एनसिसी) को ४६ औं व्याजको मेडल तथा प्रमाण पत्र वितरण कार्यक्रममा उक्त खेल प्रर्दशन गरेका हुन् । सितोरियो खेलप्रति विद्यार्थीहरुको आकर्षण बढाउन विद्यालयले विद्यार्थीहरुलाई नियमित […]
एजेन्सी, २४ माघ । स्पेनी कोपा डेल रे फुटबलमा बार्सिलोना र रियल म्याड्रिड क्वार्टरफाईनलबाटै बाहिरिएका छन् । शुक्रबार बिहान भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसंग र रियल म्याड्रिड रियल सोसिडाडसंग पराजित भएका हुन् । बार्सिलोना एट्लेटिको बिल्बाओसंग १–० ले पराजित भयो । योसंगै लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने बार्सिलोनको सपना क्वार्टरफाईनलमै सिमित बन्यो […]
एजेन्सी, १९ माघ । इंग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गरेको थियो । खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । […]
नागरिक रैबार/बाजुरा १० माघ । खुला ब्याडम्यान्टन प्रतियोगिताको उपाधि नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाले जितेको छ । जेवि मिडिया प्रालिको आयोजनामा माघ ६ गते देखी सुरु भएको खेलमा आफ्नो सानदार खेल प्रस्तुति सहित नेपाल रेडक्रस सोसाईटि व्याडमिन्टन खेलको प्रथम विजेता बन्न सफल भएको हो । जेवि मिडिया प्रालिले बाजुराको खेल क्षेत्रको विकासका लागि र खेलाडीहरुलाई […]
नागरिक रैबार/बाजुरा ५ माघ। जेवि मिडिया प्रालिको आयोजनामा बाजुराको सदरमुकाममा खुला व्याडमिन्टन प्रतियोगीताको आयोजना हुने भएको छ । प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा खुला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो । वि.स. २०७३ साल माघ १० गते बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा स्थापना भएको उक्त प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने […]
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टारले दुई-दुई गोलको बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि अञ्जनको दुई गोलले पनि काम गरेन । खेलको अन्तिममा सम्हालिन नसक्दा मनाङले गोल खान पुग्यो । जसका कारण हातमा आइसकेको तीन अंक मनाङले बाँड्न बाध्य हुनुपर्याे । थ्रीस्टारले खेलको १९ औंँ मिनेटमा […]
नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा छलाङ् मारेका छन्। मंगलवार मात्रै सार्वजनिक नयाँ वरीयतामा दाहाल ११ औं स्थानमा पुगेका हुन्। अघिल्लो साता १४ औं स्थानमा रहेको उनले वरीयता सुधार गरेका हुन्। यसैसाता काठमाडौंमा सम्पन्न पे्रसिडेन्ट्स कप इन्टरनेसनल सिरिज यू–१९ को फाइनलमा पुगेका दाहालको वरीयतामा सुधार भएको हो। प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट […]
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ८ दिन पुरा भइसकेको छ। मंसिर १५ गते शुुरु भएर २४ गते दशरथ रंगशालामा समापन भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य जित्दै इतिहास कायम गर्यो । पहिलो पटक नेपालले पदकमा अर्धशतक पुरा गरेको छ । यसअघि नेपालले सबैभन्दा धेरै काठमाडौंमै आयोजना भएको […]
काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदै छ । सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु हुनेछ । सागमा आझ फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको […]
काठमाडौं । सातौ मोबोसा ओपन तोङ्ग ईल मो–दो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी तोङ्ग ईल मो–दो संघ नेपालका खेलाडीले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा नेपालले १ स्वर्ण ,४ रजत र २ कास्य पदक जितेको केन्यामा रहेका तोङ्ग ईल मो–दो संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार डिसेम्बर ७ र ८ भएको अन्तराष्ट्रिय प्रतियोगितामा […]
काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औँ संस्करण जारी रहँदा नेपाले विगतदेखि अहिलेसम्म एक सयौं स्वर्ण पदक जितेको छ । बुधबार तेक्वान्दोको ८७ केजी तौल समूहमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेपछि सागमा नेपालको कूल स्वर्ण सङ्ख्या एक सय पुगेको हो । नेपालले १३औं सागमा बुधबारसम्म २९ स्वर्ण जितेको छ । तत्कालिन दक्षिण एसियाली महासंघीय […]
काठमाडाैं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म २९ वटा स्वर्ण पदक जितेको छ । बुधबार नेपालले साइक्लिङको डाउन हिलमा २ वटा स्वर्ण हात पारेको छ । साईक्लिङको पुरुष तर्फ राजेश मगर महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । त्यसैगरी तेक्वान्दोमा नेपालले २ वटा स्वर्ण पदक जितेको छ ।बुधबार महिला ६२ […]
१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला हृयाण्डबल खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।पोखरा रंगशालास्थित हृयाण्डबल कोर्टमा भएको खेलमा नेपालले श्रीलंकालाई २९-१९ को फराकिलो अन्तरले पराजित गरेको हो । जितका लागि नेपालकी उमा राईले सर्वाधिक ८ गोल गरिन् । कविता राईले ६, निशा राई र कल्पना वलीले समान ४-४ गोल गरे । रञ्जना राईले […]
काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २३ स्वर्ण पदक जितेको छ । मंगलबार बेलुकीसम्म भएका खेलमा नेपालले २३ स्वर्ण जितेको छ । मंगलबार नेपालले २३ स्वर्ण जितेसँगै सागमा नेपालको स्वर्ण पदकको संख्या ९४ पुगेको छ । नेपालले दक्षिण एसियाली खेल (साग)मा समग्रमा १०० स्वर्ण पुर्याउन अब ६ […]
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौँथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार काठमाडौँ र पोखरामा गरी एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन, टेनिस, कबड्डी, ह्यान्डबल र उशुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुनेछ । अन्य […]
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल फाइनलमा भारतविरुद्ध नेपालले लगातार दुई सेट जितेको छ। पहिलो सेटमा भारतसँग १७-२५ ले पराजित भएको नेपाल दोस्रो र तेस्रो सेटमा विजयी भएको हो। दोस्रो सेटमा भारतमाथि २५-२३ ले विजयी भएको नेपालले तेस्रो सेटमा २५-२१ को जित दर्ता गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड […]