होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बार्सिलोना र रियल मड्रिड कोपा डेल रेबाट बाहिरिए
खेलकुद

बार्सिलोना र रियल मड्रिड कोपा डेल रेबाट बाहिरिए

  • नागरिक रैबार
बार्सिलोना र रियल मड्रिड कोपा डेल रेबाट बाहिरिए

एजेन्सी,  २४ माघ । स्पेनी कोपा डेल रे फुटबलमा बार्सिलोना र रियल म्याड्रिड क्वार्टरफाईनलबाटै बाहिरिएका छन् । शुक्रबार बिहान भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसंग र रियल म्याड्रिड रियल सोसिडाडसंग पराजित भएका हुन् ।

बार्सिलोना एट्लेटिको बिल्बाओसंग १–० ले पराजित भयो । योसंगै लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने बार्सिलोनको सपना क्वार्टरफाईनलमै सिमित बन्यो । खेलको अतिरिक्त समयमा सर्जियो बुस्केटले गरेको आत्मघाति गोलसंगै एट्लेटिको बिल्बाओ कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुगेको छ ।

यसैगरी अर्को खेलमा रियल म्याड्रिड रियल सोसिडाडसंग ४–३ गोल अन्तरले पराजित भएर क्वार्टरफाइनलबाटै बाहिरियो । यो नतिजाले सन् २०१० पछि पहिलो पटक कोपा डेल रेको फाईनल बार्सिलोना र रियल म्याड्रिड बिनाको हुने भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार