होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • खप्तड गोल्डकप : आज पनि एक खेल हुने
खेलकुद

खप्तड गोल्डकप : आज पनि एक खेल हुने

  • नागरिक रैबार
खप्तड गोल्डकप : आज पनि एक खेल हुने

धनगढी । शुक्रवारदेखि जारी नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण अन्तरगत आज पनि एक खेल हुँदैछ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अनुसार आज सशस्त्र प्रहरी बल एपिएफ र न्युरोड टीम एनआरटीबीच प्रतिस्पर्धा छ। खेल दिउसो साढे २ बजेदेखि धनगढी रंगशालामा सुरु हुनेछ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब विजयी भएको थियो। शुक्रवार धनगढी रंगशालामा भएको खेलमा वागमती युवा क्लब सिराहलाई टाईब्रेकरमा ४–२ ले हराउँदै कञ्चनजंघा क्वाटरफाईनल प्रवेश थियो।

पहिलो खेलमा जित हात पारेको कञ्चनजंघाले अव सेमिफाईनल प्रवेशका लागि आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

विज्ञापन

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।

एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्येक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिता बारे जानकारी पाउने आयोजकले दावी गरेको छ। दिनेशखबरबट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार