होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • चौथो सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि
खेलकुद

चौथो सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि

  • नागरिक रैबार
चौथो सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि

धनगढी : नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आजदेखि सुरु हुँदै छ। सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा आजदेखि प्रतियोगिता सुरु हुन लागेको हो। २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। विहानैदेखि बर्षा भईरहेपनि खेल मैदान खासै नबिग्रएकोले प्रतियोगिता आजैदेखि सुरु हुने अध्यक्ष हमालले बताए।

प्रतियोगिताको उद्धघाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम रहेको छ भने प्रतियोगिताको उद्घाटन अगाडी ट्राफिक चौराहबाट ¥याली समेत निकालिने छ। उद्घाटन खेलमा बाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब ईन्डिया बीच प्रतिस्पर्धा हुने उनले जानकारी दिए।

प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।

विज्ञापन

एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्येक्ष तथा दुई करोडले अप्रत्यक्ष रुपमा प्रतियोगिता बारे जानकारी पाउने आयोजकले दावी गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी (डिस) होमले गर्ने छ।

प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो चार वर्षदेखि थालिएको प्रतियोगितालाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए। नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ।

प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ। यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको छ।

सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार