होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • २५ देशलाई हराउँदै नेपाली खेलाडीले जिते अन्तराष्ट्रिय स्वर्ण
खेलकुद

२५ देशलाई हराउँदै नेपाली खेलाडीले जिते अन्तराष्ट्रिय स्वर्ण

  • नागरिक रैबार
२५ देशलाई हराउँदै नेपाली खेलाडीले जिते अन्तराष्ट्रिय स्वर्ण

काठमाडौं । सातौ मोबोसा ओपन तोङ्ग ईल मो–दो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी तोङ्ग ईल मो–दो संघ नेपालका खेलाडीले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा नेपालले १ स्वर्ण ,४ रजत र २ कास्य पदक जितेको केन्यामा रहेका तोङ्ग ईल मो–दो संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार डिसेम्बर ७ र ८ भएको अन्तराष्ट्रिय प्रतियोगितामा कैलालीका नम बिष्टले स्वर्ण (फाईटमा) १ रजत (कातामा), झापाका प्रकाश श्रेष्ठले कातामा १ रजत , गोरखाका जय बहादुर तामाङले फाईटमा १ रजत सामुहिक कातामा १ रजत,१ कास्य (एकल काता) र मंगल शाहीले(सुर्खेत ) १ कास्य (फाईट) पदक नेपालका जितेका हुन् ।

संघका उपाध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा ६ सदस्य टोलि दक्षिण अफ्रिकी देश केन्याको दोस्रो ठुलो शहर मम्बोसामा भएको ७ औं मोम्बसा खुल्ला तोङ्ग ईल मो-दो अन्तराष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा सहभागिता जनाएसँगै सबै खेलाडिले पदक जित्न सफल भएका हुन् ।

विज्ञापन

विश्वको २५ देशले सहभागिता जनाएको उक्त प्रतियोगिताको समापनमा केन्याको खेलकुद मन्त्री ,विश्व तोङ्ग ईल मो दो संघका संस्थापक डा. जोन हु सुक ,संघका अन्तर्रा्ष्ट्रिय उपाध्यक्ष मास्टर ताका मिस्टु हुसिले बिजेता खेलाडिहरुलाई मेडल प्रदान गरेका थिए ।

नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य इन्दीरा निरौलाले खादा लगाएर बिदाई गरेकी थिईन् । तोङ्ग ईल मो–दो नेपालका महासचिव बिष्णु गिरीले खेलाडीहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको भए पनि नेपाली खेलाडिहरुले केन्यामा देशको झन्डा फहराउन सफल भएकोमा खुशी व्यक्त गरे ।नेपालपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार