होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • खप्तड गोल्डकपमा आज सुदूरपश्चिम–११ र एपिएफ भिड्ने
देश/प्रदेश

खप्तड गोल्डकपमा आज सुदूरपश्चिम–११ र एपिएफ भिड्ने

  • नागरिक रैबार
खप्तड गोल्डकपमा आज सुदूरपश्चिम–११ र एपिएफ भिड्ने

धनगढी : धनगढीमा जारी नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपमा आजदेखि सेमिफाईनलका खेल हुने भएका छन्। धनगढी रंगशालामा जारी प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएसंगे आजदेखि फाईनल प्रवेशका लागि खेल हुनेछन्। प्रतियोगितामा हिमालय शेर्पा, आयोजक सुदूरपश्चिम–११, एपीएफ क्लब र थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन्।

आज प्रतियोगिताको पहिलो सेमिफाईनलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र विभागीय टीम एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै आईतबार दोस्रो सेमिफाईनलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन्।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०र१० हजार पुरस्कार प्रदान गरिने छ।

विज्ञापन

प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोबाइल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन्। वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार