होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अर्जेन्टिनाका महान् फुटबलर स्वर्गीय डिएगो म्याराडोनाको सम्मानमा अर्जेन्टिना र इटलीबीच नेपल्स शहरमा मैत्रिपूर्ण फुटबल गराउने तयारी सुरु भएको छ । न्युर्योक टाइम्सका तारिक पान्जालाई उद्धृत गर्दै फुटबल इटालियाले यो योजना निकै अघि बढिसकेको जनाएको छ । भर्खरैमात्र इटलीले युरोकप र अर्जेन्टिनाले कोपा अमेरिका जितेका थिए । म्याराडोनाले आफ्नो उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताएका […]
काठमाडौँ- कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ मा स्टार खेलाडीहरु लियोनल मेस्सी र नेयमार सँगसँगै परेका छन् । आयोजक कोपा अमेरिकाले मंगलबार सार्वजनिक गरेको ‘टिम अफ टुर्नामेन्ट’ मा उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सीसँगै ब्राजिलियन स्टार नेयमार पनि सँगै अटेका हुन् । टिममा अर्जेन्टिनाका सर्वाधिक ४ र ब्राजिलका ३ खेलाडी अटाएका छन् । यी हुन् […]
२९ असार, काठमाडौं । विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर उपाधि कसले जित्ला भन्ने चासो बढेको छ । केही दिनअघि मात्रै युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता सकिएको छ । यी दुई प्रतियोगितापछि केही खेलाडीको नाम उक्त अवार्डका लागि दाबेदारको रुपमा अघि आएको छ । योकप इटली र कोपा अर्जेन्टिनाले जितेपछि यी टिमका […]
लन्डन — पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो–२०२० सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् । युरो–२०२० मा रोनाल्डोले ४ वटा मात्रै खेल खेले पनि सर्वाधिक ५ गोल गर्दै अलिपे टप स्कोररको अवार्ड हात पारेका हुन् । रोनाल्डोले हंगेरीविरुद्ध २, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध २ गोल गरेका थिए । यही युरोमा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा अली देइको १०९ गोलको […]
२८ असार, काठमाडौं । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए । तर […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उनले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका […]
काठमाडौं, २७ असार । युरोकपको आज हुने फाइनलमा इटाली र इंग्ल्यान्डमध्ये कस्ले जित्ला ? इटाली र इंग्ल्यान्ड दुवैको इतिहास र वर्तमान केलाउँदा ठोकुवा गर्न सजिलो छैन । इंग्ल्यान्ड उपाधिको लामो खडेरी मेट्न आतुर छ । ऊसँग क्षमतावान् खेलाडी र बलियो टिम छ । इटालीसँग फुटबलको बलियो इतिहास छ । फुटबल भनेपछि मरिहत्ते गर्ने इटालीवासीको हौसला […]
२७ असार, काठमाडौं । अर्जेन्टिनाका लिओनल मेसी र ब्राजिलका नेमारले स्पेनिस क्लब बार्सिलोनाबाट केही वर्ष संगै खेले । उनीहरुले केही उपाधि सँगै पनि जिते । त्यसपछि नेमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लागे, मेसी बार्सिलोनामै रहे । बार्सिलोनामा रहँदा यी दुईबीच घनिष्टता थियो । तर राष्ट्रिय टिमबाट खेल्दा भने यी दुई एक अर्काका विरुद्ध हुन्थे […]
काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका […]
२३ असार, काठमाडौं । सबैको अपेक्षा अनुसार नै विश्व फटबलका दुई चर्चित राष्ट्र ब्राजिल र अर्जेन्टिना ४७औं संस्करणको कोपा अमेरिकाको फाइनल भिड्ने भएका छन् । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै ब्राजिलसँग फाइनल भिडन्त तय गरेको हो । गोलकिपर एमिलियानो मार्टिनेज नायक बन्दै ३ पेनाल्टी रोकेपछि अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ […]
२२ असार, काठमाडौं । युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो । सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो […]
बाकु — युरो २०२० मा डेनमार्कको अद्वितीय यात्रा कायम छ । यसलाई ‘परीको कथा’ भन्न सुहाउँछ । चेक गणतन्त्रलाई हराएर डेनमार्क सेमिफाइनल पुगेको छ । प्रतियोगिताको पहिलो खेलमै हृदयघातका कारण आफ्ना प्रमुख खेलाडी क्रिस्टियन एरिक्सनलाई गुमाएको डेनमार्कले त्यसयताका खेलमा आफूलाई अझ बलियो साबित गरेको छ, कम्तीमा मानसिक पक्षमा । युरो २०२० को क्वार्टरफाइनलमा चेक गणतन्त्रलाई जितेपछि डेनमार्क टोली । […]
२० असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान दुई क्वाटरफाइनल खेल समपन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।जसमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो ।यही दुई टिम अर्जेन्टिना र […]
१९ असार काठमाडौं । विश्व नम्बर वान टिम बेल्जियमलाई पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । जर्मनीको म्युनिकमा भएको खेलमा इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकुले एक […]
१८ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति […]
एजेन्सी, १७ असार । युरोकपको क्वाटरफाइनलमा पुग्ने ८ देशले शुक्रबारबाट सेमिफाइनलमा पुग्न प्रतिष्पर्धा गर्दैछन् । क्वाटरफाइनलको खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ । शुक्रबार पहिलो खेल स्वीटजरल्यान्डले स्पेनविरुद्ध खेल्नेछ । विश्वकप जितिसकेको फुटबलको महाशक्ति स्पेन युरोकपको मुख्य दाबेदार हो । तर, विश्वकप विजेता फ्रान्सलाई अन्तिम १६ मा पराजित गरेर स्वीटजरल्यान्ड उत्साही छ । शारीरिक […]
बार्सिलोनाका समर्थकहरुले लामो समयदेखि जे डर मानेका थिए, त्यही दिन आएको छ । मेसी अब बार्सिलोनाका खेलाडी रहेनन्, आफ्नो पहिलो व्यवसाहिक सम्झौता गरेको ७ हजार ५ सय ४ दिनपछि यो पहिलोपटक हो, जतिबेला मेसीसँग क्लबको कुनै सम्झौता बाँकी छैन । जुलाई महिना सुरु भएसँगै मेसी क्लबविहिन बनेका हुन् । उनी चाहेको क्लबमा जानसक्छन् । बार्सिलोनाका […]
१६ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले र युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए । साथै क्वाटरफाइनलको समीकरण पनि तय भएको […]
१५ असार, काठमाडौं । स्वीट्जरल्याण्ड र फ्रान्सबीच गएराति भएको खेलमा पेनाल्टी चुकाएपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले माफी मागेका छन् । निर्धारित समय र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय भएको हो । जसमा एमबाप्पेले प्रहार गरेको बल स्वीस गोलकिपर यान सोमेरले बचाए । यसपटक युरोमा एमबाप्पेले एक गोल पनि गर्न सकेनन् […]
१४ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आइतबार राति साविक विजेता पोर्चुगलाई बेल्जियमले १-० ले पराजित गर्दा थोर्गन हाजार्डले निर्णायक गोल गरे । यस गोलका लागि कप्तान एडेन हाजार्ड रोमेलु लुकाकु अनि थोमस मुनिएरले महत्वपूर्ण भूमिका खेले । गोलपछि कप्तान हाजार्ड र थोर्गन हाजार्डले सँगै खुशीयाली मनाए । यी दुई खेलाडी टिममेट मात्र नभएर सहोदर […]