होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसीले ५० वर्षपछि ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन् ।अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रको खेलाडीको कीर्तिमान मेसीले तोडेका हुन् । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३-० ले पराजित गर्दा ह्याट्रिक गर्दै मेसीले पेलेको कीर्तिमान तोडे । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका […]
काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । यस खेलबाट नेपालको महिला सिनियर टिमले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेब्यु गर्दैछ । मअिलाको उमेर समूह टीमले रंगशालामा खेलपनि सिनियर टिमले भने करिब ३५ वर्षको अन्तर्राष्ट्रिय इतिहासमा पहिलो पटक खेल्न लागेको हो । यस्तै पहिलो पटक महिला […]
रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डोले नाजारियोले लियोनेस मेस्सीलाई क्लबमा भित्र्याए पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई यो सिजन च्याम्पियन्स लिग जित्न कठिन हुने चेतावनी दिएका छन् । हाल स्पेनिस क्लब रियल भालाडोलिडको अध्यक्ष रहेका रोनाल्डोले रियल म्याड्रिडको उदाहरण दिँदै कागजमा सशक्त देखिँदैमा टोलीले सधैँ युरोपको सर्वोच्च उपाधि जित्न नसक्ने बताएका हुन् । ‘क्वार्टरफाइनल पछि तस्बिर […]
काठमाडौं । पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानलाई ३-० ले सहजै पराजित गरेको छ । कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले विश्वकपको लागि युरोपियन छनोटमा जित हात पारेको हो । बाकु स्टेडियममा भएको खेलमा पोर्चुगलको जिताउन बर्नार्डो शिल्भाले २६औं, आन्द्रे शिल्भाले ३१औं र डिएगो जोटाले ७५औं मिनेटमा गोल गरे । जितपछि पोर्चुगल पाँच खेलबाट १३ अंक जोड्दै शीर्ष […]
काठमाडौं । ग्यारेथ बेलको ह्याट्रिक मद्दतमा वेल्स विश्वकप छनोट खेलमा बेलारुसलाई ३-२ ले पराजित गरेको छ ।विश्वकपको युरोपेली छनोटअन्तर्गत आइतबार भएको खेलमा बेलले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दे वेल्सलाई जित दिलाएका हुन् । कजानमा भएको खेलको छैटौं मिनेटमै बेलले पेनाल्टीमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा भिटाली लिसाकोभिचले बेलारुसको लागि बराबरी […]
इर्लिङ हाल्यान्ड र मोहमद इल्युनौसीले गोल गरेको खेलमा नर्वेले लात्भियालाई २–० ले हराएको छ ।विश्वकप छनौट खेलमा यससँगै नर्वेले महत्वपूर्ण तीन अंक बटुल्यो । यस सिवन हाल्यान्डको लय निकै राम्र‍ो छ । उनले क्लब र देशका लागि ८ गोल गरिसकेका छन् । बोरूसिया डर्टमुन्डका लागि उनले सुरूवाती ५ खेलमा ६ ग‍ोल र तीन एसिस्ट गरसकेका […]
काठमाडौँ: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन्। दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर अघि नेपाल र भारतबीच एक÷एक गोलको बराबरीमा खेल सकिएको छ। नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो। नेपाल पहिलो हाफमा १–० गोलले अगाडि […]
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान बनाएका छन्। बुधबार राति विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्ध दुई गोल गरेका रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनेका हुन्। यसअघि रोनाल्डोले गत असारमा भएको युरो कपमा अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका थिए। रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी भंग गरेका हुन्। अलीले सन् १९९३ देखि […]
काठमाडौँ, १६ भदौ । भोलि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा दर्शकहरु समेत उपस्थित हुन पाउने भएका हुन् । आज पत्रकार सम्मेलन गर्दै एन्फाले दर्शकको उपस्थितिमा भोलि खेल हुने जानकारी दिएको हो । खेलमा कोरोनाको कारण दर्शकलाई उपस्थित हुन दिने अथवा नदिने भन्ने विषयमा अन्योल रहेको थियो । […]
स्पेनिस महारथी रियल म्याड्रिडले निकै आशा गरिएका फ्रान्सका युवा मिडफिल्डर एडवार्डो कामाभिङ्गालाई रेनेसबाट ६ वर्षका लागि अनुबन्ध गरेको छ । १८ वर्षीय खेलाडीसँग फ्रेन्च क्लबबीचको करार अर्को वर्ष सकिँदै थियो । लिग वान क्लबले उनलाई सित्तै जान दिन चाहेको थिएन । सन् २०१९ मा कामाभिङ्गा रेनेसका लागि डेब्यू गर्ने सबैभन्दा युवा खेलाडी बनेका थिए । […]
क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब फर्कने निर्णय पूर्व प्रशिक्षक एलेक्स फर्गुसनप्रति समर्पित गरेका छन् । उनले भने, ‘जहाँको हुँ, त्यहीँ फर्केको छु । युनाइटेडले १ करोड ५० लाख युरो खर्चेर युभेन्टसबाट रोनाल्डोलाई क्लबमा भित्र्याएको हो । उनी एक दशकअघि युनाइटेडबाटै रियल म्याड्रिड गएका थिए । ३६ वर्षका रोनाल्डोले दुई वर्षको सम्झौता गरेका छन्, यसमा एक वर्ष […]
काठमाडौं । काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् । ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म […]
लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइनबाट डेब्यु गरिसकेका छन् । उनले आइतबार रेइम्सविरुद्धको खेलमार्फत पिएसजीको ३० नम्बरको जर्सी लगाए । तर बार्सिलोनामा उनको इतिहास र लोकप्रियता सधै रहिरहनेछ । अझै पनि केही व्यवसाहिक कम्पनीहरुसँग मेस्सीको सम्झौता बाँकी नै छ । पछिल्लो समय हार्ड रक क्याफेले आफ्नो ५० औं वर्षगाँठ मनाउने क्रममा बार्सिलोना शहरको केन्द्रमा मेस्सीको तस्बिर […]
१३ भदौ, काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लिओनल मेस्सीले आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि डेब्यु गर्ने सम्भावना छ । पीएसजीले लिग वानको चौथो खेल रेईम्ससँग खेल्दैछ । अहिलेसम्म मेसी बिना नै पीएसजीले शुरुवाती तीन खेलमा ट्रायस, स्ट्राटवर्ग र ब्रेस्टलाई पराजित गर्दै राम्रो शुरुवात गरेको छ । अहिले प्रशिक्षक माउरिसियो पोचेटिनासँग काम गरेपछि मेस्सीलाई […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डो पूर्व क्लब म्यानचेष्टर युनायटेड फर्कने पक्का भएपछि पहिलो खेलमा युभेन्ट्स पराजित भएको छ ।रोनाल्डोलाई गुमाएपछि इटालियन सिरी ए को खेलमा युभेन्ट्स घरेलु मैदानमै इम्पाओलिसँग १-० ले पराजित भएको हो । यस हारपछि युभेन्ट्स लिगको सुरुआती दुई खेलमै जितविहीन छ र जम्मा १ अंक जोडेको छ ।एम्पाओलीका लागि लिओनार्दो मानकुसोले २१औं मिनेटमा […]
म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडले शुक्रबार क्रिस्टियानो रोनाल्डोलाई युभेन्ट्सबाट भित्र्याउन सफल भएको घोषणा गरेको छ । ओल्ड ट्राफोर्ड छाडेर रिएल म्याड्रिड गएको १२ वर्षपछि पोर्चुगिज स्टार रोनाल्डो पुनः युनाइटेड फर्किएका हुन् । ‘युभेन्ट्ससँग क्रिस्टियानो रोनाल्डोलाई सम्झौता गराउन सफल भएको पुष्टि गराउन पाउँदा म्यानचेस्टर युनाइटेड निकै खुसी छ । व्यक्तिगत सर्तहरू, भिसा र मेडिकललगायतका प्रक्रिया पूरा हुन बाँकी छ,’ युनाइटेडले […]
ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भयो । तर, अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएर बसेको छ । किनकी, यही समय रोनाल्डोले युभेन्टस् छाड्ने निर्णय लिएका छन् । स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले यस विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी दिइसकेका छन् । यसअघि रोनाल्डोले क्लबमै बस्ने निर्णय गरेका थिए […]
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलिएन एम्बाप्पे भित्र्याउन प्रयास थालेको छ । २२ वर्षीय विश्व विजेता फ्रेन्च फरवार्ड एम्बाप्पे सन् २०१७ मा पीएसजीमा अनुबन्ध भएका थिए । उनको स्थानान्तरण रकम १६५.७ मिलियन पाउण्ड बराबरको थियो । एमबाप्पेको सम्झौता पीएसजीमा सन् २०२२ जुनमा सकिँदैछ । त्यसअघि रियलले एम्बाप्पेका लागि […]
१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ । होबार्टले बिहीबार नयाा सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ । होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा […]
नेपाली फुटबल समर्थकहरूको संस्था ‘हाम्रो फुटबल नेपाल’ र एन्फाबीच सहिद स्मारक सि डिभिजन फुटबल छनोटका लागि सहकार्य भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार एन्फा महासचिब इन्द्रमान तुलाधर र हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले सहमतिपत्रमा हस्ताक्षर गरे । जसअनुसार छनोट प्रतियोगितामा हाम्रो फुटबल नेपालले एन्फालाई पाँच लाख बराबरको सामाग्री उपलब्ध गराउनेछ । प्रत्येक खेलका […]