होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ साउन, काठमाडौं । एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्लीमा बेचबिखनमा परेकी युवतीको उद्धार गरिएको छ । आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उनलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए । आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई […]
काठमाडौं । चन्द्रागिरी बस्ने दम्पत्ति आपसमा छुट्टेको करिब ६ महिना भएको थियो । पारपाचुके भैसकेको थिएन, छुट्टै बस्थे । कपिल (नाम परिवर्तन)लाई एकदिन पुलिसको फोन आयो । फोन गर्ने प्रहरी अधिकारीले भने– ‘तपाईंको नाममा एउटा निवेदन परेको छ, टेकुमा आउनुहोस् ।’ कपिल टेकु पुगे । त्यहाँ पुग्दा पो थाहा भयो, जाहेरी दिने उनकै श्रीमती थिइन् […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको सदरमुकाम मार्तडीको दुनिहाटबजारमा रहेको पुष्प जनरल स्टोरको हिलटप होटल नजिकैको गोदामबाट १० पेटी धारा तेल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रातिको मौका छोपेर विभिन्न समयमा पुष्प जनरल स्टोरको गोदामबाट १० पेटी धारा तेल चोरी गरेर मार्तडी बजारमै विक्री गरिरहेको अवस्थामा प्रहरीले बुढीगंगा नगरपालिका ५ का १८ […]
२६ साउन, काठमाडौं । मुलुकी फौजदारी संहिताको ब्याख्यात्मक टिप्पणीसहितको पुस्तक ‘मूलुकी अपराध संहिता : एक टिप्पणी’ सोमबार विमोचन भएको छ । विष्णुप्रसाद पाण्डेयद्वारा लिखित उक्त पुस्तक सोमबार सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा मुख्य रजिस्टार नृपध्वज निरौलाले सार्वजनिक गरे । विमोचन कार्यक्रममा निरौलाले विश्वव्यापीकरणको कारणले एक राष्ट्रको गतिविधि तथा क्रियाकलापले अर्को राष्ट्रलाई असर पर्ने भएकाले समाज, […]
दार्चुला: दार्चुलामा आफ्नै आमाको हत्या आशंकामा छोरा पक्राउ परेका छन्। जिल्लाको दुहुँ गाउँपालिका ३ ब्रहम्देवका ८० वर्षीया नारुदेवी बमको हत्या आशंकामा ५३ वर्षीय छोरा नरबहादुर बम पक्राउ परेका हुन। घरबाट आमालाई नुहाउन लग्छु भन्दै चौपाती भन्ने ठाउँमा हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आमाको घाटी च्यापेर हत्या गरेको आशंका गरिएको […]
दार्चुला- दार्चुलामा चार वर्षको अवधिमा ३० महिला तथा बालिका बलात्कारको शिकार बनेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन्। अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन्। आव २०७३/०७४ मा तीन जबर्जस्ती करणी तथा दुई […]
गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले बताए। आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उनले बताए। “पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उनलाई अनुसन्धानका […]
काठमाडौं । राजधानीको कमलादीमा प्रहरी चेकजाँचको क्रममा सुन , चाँदी र हतियारसहितको झोला फालेर अभियुक्त भागेकाे भनिएको घटनामा प्रयोग भएको स्कोर्पियो गाडी फेला परेको छ । ललितपुरको नखिपोटमा गाडी फेला परेको हो । घटनामा प्रयोग भएको बा ६च ५५१९ नम्बरको स्कोर्पियो गाडी नखीपोटस्थित निर्माणाधीन घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता […]
काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताए । एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ । ‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर […]
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका–३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो । राति १० बजे शौच गर्न घरबाट निस्केको मौका छोपी आफूलाई डर धाकधम्की दिएर क्षीरेश्वरनाथ नपा–३ मङ्गलपुर बस्ने २८ वर्षीया कलाम राइनले आफूलाई मङ्गलपुरको […]
धनगढीः कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आईतबार ठीक दुई वर्ष पुगेको छ। देश व्यापी रुपमा भएको न्यायिक आन्दोलनपछि अन्तराष्टिय समुदायको ध्यान तानेको निर्मला हत्या प्रकरणको अनुसन्धान दुई वर्ष सम्म पनि शुन्यमै छ। तर यो दुई वर्षको अवधीमा सुदूरपश्चिममा जबरजस्तीकरणी घटनामा समेत बृद्धि हुदै गएको एक तथ्याड्कले देखाएको छ। प्रदेश प्रहरी कार्यालय […]
बाजुराः बाजुरामा छोरी गर्भवती भएपछि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। जिल्लाको बुढिगंगा नगरपालिकामा छोरीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको आरोपमा ६२ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जबरजस्तीकरण गर्ने बुवालाई पक्राउ गरिएको बताए। उनले ती व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको जानकारी दिए। दिनेश खबर बाट
बाजुराको बुढीगंगा नगरपालिका–७ का वडाअध्यक्ष भुवन केसीका छोरासहितको समूहले प्रहरीमाथि आक्रमण गरेको छ । आक्रमणमा २ प्रहरी घाइते भएका छन् । आक्रमणबाट रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका हुन् । घाइते उनीहरुको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईका अनुसार बाजुराका […]
पसलेले खराब सामान दिएको र त्यस्तो सामान फिर्ता लिन नमानेको जस्ता गुनासाहरु ग्राहकहरुले गर्ने गर्दछन्। तर कट्टु सानो सिलाइदिएको भन्दै सूचिकारविरुद्ध प्रहरीमा उजुरी दिएको चाहिँ अहिलेसम्म सुनिएको थिएन। भारतमा हालै एकजना व्यक्तिले आफ्नो कट्टु सानो सिलाइदिएको भन्दै एक जनाले कट्टु सिलाउने व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। भारतको भोपालस्थित हबिबगञ्जका कृष्ण कुमार दुबेले एकजना छिमेकी सूचिकारलाई […]
सिरहा । नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । महोत्तरीकने सोनबा गाउँपालिका–३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी […]
धनगढी : धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो। कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय […]
बाजुरा ९ असार– बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट दुई ओटा बाघको छाला सहित तीन जनालाई पक्राउ परेका छन् । त्रिबेणी नगरपालिका वडा नम्बर ५, ६ र ७ का तीन जना बन्यजन्तु तस्कर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । तीन जनालाई गोप्य सूचनाका आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने गरेको […]
काठमाडौं : रुकुम हत्याको तीन हप्ता बितेको छ। यो देशमा दलितहरूको पक्षमा वा विद्रोहको पक्षमा असाध्यै ठूलो काम आफैँले गरेझैँ गर्ने नेता छन्। उनको नाम हो पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनी तीन हप्तासम्म उक्त घटनाबारे मौन बसे, किनभने उनको मुखमा जनार्दन शर्मा नामको ठूलो ढुंगो बसेको थियो। तर संसदले बनाएको एक समितिले उनलाई भेट्न गएछ। भेटका […]
धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्मवर ६ मा जीप र मोटरसाईकल ठोक्किदा ज्यान गुमाएका एक जनाको सनाखत भएको छ। मोटरसाईकल चालक समेत रहेका गम्भीर कोटकेनीको मृत्यु भएको हो। प्रहरीका अनुसार उनीसंग जोशीपुर गाउँपालिका स्थायी ठेगानको मतदाता परिचयपत्र फेला परेपनि उनी गोदावरी ८ मा बस्दै आएका थिए। ईलका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले […]
नयाँदिल्ली — भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ । दुई देशका सेनाबीचको भिडन्तपछि कश्मीरस्थित बालटालबाट मंगलबार गलवानतर्फ प्रस्थान गर्नुअघि भारतीय सेनाका ट्रक । तस्बिर […]