होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुनको झोला फालेर भाग्न प्रयोग भएको गाडी भेटियो
समाचार

सुनको झोला फालेर भाग्न प्रयोग भएको गाडी भेटियो

  • नागरिक रैबार
सुनको झोला फालेर भाग्न प्रयोग भएको गाडी भेटियो

काठमाडौं । राजधानीको कमलादीमा प्रहरी चेकजाँचको क्रममा सुन , चाँदी र हतियारसहितको झोला फालेर अभियुक्त भागेकाे भनिएको घटनामा प्रयोग भएको स्कोर्पियो गाडी फेला परेको छ । ललितपुरको नखिपोटमा गाडी फेला परेको हो ।

घटनामा प्रयोग भएको बा ६च ५५१९ नम्बरको स्कोर्पियो गाडी नखीपोटस्थित निर्माणाधीन घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

यस्तै प्रहरीले झोला फालेर भाग्ने तीन जनालाई पनि पक्राउ गरिसकेको छ । महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा तीन आरोपीलाई दुम्कीबासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् ।

विज्ञापन

मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा६च ५५१९ नम्बरको सिल्भर कलरको सो स्कोर्पियो भाग्न सफल भएको थियो भने घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएको भन्दै विवादमा समेत भएको छ ।

स्कोर्पियोबाट उनीहरुले फालेको झोला खोल्दा आधा किलो सुन, सुनको जलप भएको साढे १४ किलो चाँदी र दुईथान चाईनिज पेस्तोल फेला परेको थियो ।

स्कोर्पियो बारा घर भएका इल्साम हुसेनको नाममा रहेको यातायात व्यवस्था विभागको रेकर्डबाट थाहा भएको छ ।

प्रहरीले घटनाबारे प्रश्न उठेपछि छानबिन समिति समेत बनाइसकेको छ । समितिलाई पाँच दिनभित्र छानविन प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार