होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ
समाचार

जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

  • नागरिक रैबार
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन्। धवलागिरि गाउँपालिका–३ (साविक मुना गाविस–७) दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए।

घर्तीसमेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरी हत्या गरेको मुद्दामा अदालतले सोही वर्ष (जन्मकैद) को फैसला सुनाएको थियो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले घर्तीलाई आइतबार दरबाट पक्राउ गरेर बेनी ल्याएको थियो। अदालतमा पेश गरी सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए।

प्रनाउ कुँवरका अनुसार पछिल्लो दुई महिनामा कर्तव्य ज्यान, डाँका चोरी, लागुऔषधलगायतका मुद्दाका १३ फरार कसुरदारलाई पक्राउ गरिएको छ। दोषी ठहर गरेका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै पीडितले न्यायको अनुभूति गरेका छन्।

विज्ञापन

जिल्ला अदालतका अनुसार गत वर्ष कूल रु एक करोड सात लाख २० हजार २४७ जरिवाना असुलउपर गर्नुपर्नेमा रु ११ लाख ९५ हजार ८९८ असुलउपर भएको छ।

यसैगरी जिम्मेवारी कूल एक हजार ४९ वर्ष सात महिना २९ दिन कैद सजाय असुलउपर गर्नुपर्नेमा १८८ वर्ष सात महिना २९ दिन बराबरको कैद असुलउपर भएको छ। जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर फैसला कार्यान्वयनमा जोड गरिएको तहसिलदार धर्मराज सुवेदीले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार