होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी । सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् । समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो । तिहाड जेलका निर्देशक संदीप गोयलले भने, ‘बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको […]
एजेन्सी – कोरोना भाइरसको संक्रमण जेलमा पनि देखिन थालेपछि अमेरिकाले कैदीबन्दी रिहा गर्ने तयारी थालेको छ । न्युर्योक सिटीले जोखिममा रहेका कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ कैदी बन्दीलाई रिहा गरेका थिए । जेल सुधारको पक्षमा वकालत गर्दै आएकाहरुले जेलमा रहेकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिने […]
नागरिक रैबार/बाजुरा २४ फागुन। बाजुराको हिमाली गाउँपालिकाका लागि खरिद गरिएको मोटरसाईकलमा गाउँपालिकाकै अध्यक्षका छोराको राज चलेको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका छोराले सरकारी मोटरसाईकलको दुरुपयोग गर्दै आएको सामाजिक संजालमा थाहा पाएपछि त्यहाँका स्थानीयहरुले चर्को विरोध गरेका छन् । हिमालीका कतिपय जनप्रतिनिधि र कर्मचारीहरुले मोटरसाईकल चलाउनै नजानेका छन् । तर अध्यक्षकै छोराले मोटरसाईकल आफ्नो […]
२२ माघ, काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि […]
नयाँ दिल्ली– एक किशोरीमाथि बलात्कार गरेको आरोपमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता दोषी ठहर भएका छन् । भाजपाबाट उत्तर प्रदेशको विधानसभामा निर्वाचित भएका कुलदीप सिंह सेङ्गर बलात्कार अभियोगमा दोषी ठहर भएका हुन् ।सन् २०१७ मा एउटा १७ वर्षीया किशोरीमाथि सेङ्गरले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । किशोरीले गत सन् २०१८ मा नै […]
८ बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन्। जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली वडा नम्बर १८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो पुर्पक्षका लागि राजविराज कारागार पठाइएको छ। सोही आरोपमा पक्राउ परेका कुनौली वडा नम्बर ४ […]
डोटी: डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयमा दुई प्रहरी जवान विरुद्ध मुद्धा परेको छ। मंसिर ८ गते डोटीको गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीले हिरासतमा लिएका जीप चालक गणेश पालीको शंकास्पद मृत्यु भएको थियो। डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय चालक पालीले बिच सडकमै गाडी रोकेर अवरोध सिर्जना […]
काठमाडौं : पत्रकार खेम भण्डारी जेल चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतको असार ३० गतेको फैसला अनुसार ‘तुच्छ सजाय’को जेल भुक्तान गर्न भण्डारी जेल गएका हुन्। जिल्ला अदालतका तत्कालीन न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले असार ३० गते भण्डारीलाई ‘तुच्छ सजाय’ अन्तर्गत एक रुपैयाँ जरिवाना र एक घण्टा कैदको फैसला गरेको थियो। भण्डारीलाई अदालतले निर्मला प्रकरणलाई […]
जनकपुर – राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार शाहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हन् । सांसद शाहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजे सम्म पनि नआउँदा एक विरामीलाई […]
कैलालीमा आफ्नै आमालाई करणीको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । कैलालीको बर्दगोरीया गाउँपालिका १ मुडामा आफ्नै आमालाई बलात्कार गर्न खोज्ने २० वर्षीय कमल बादीलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रवार राती घरमा कोही नभएको मौका छोपी उनले आमालाई करणीको प्रयास गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । ‘राति करिब ८ः३५ बजे […]
बझाङ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँ घर भएका ६० वर्षीय रामभक्त दमाईलाई ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ । पीडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि मङ्गलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा सेवन गरी राति १० बजे तिर […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुरा जिल्ला प्रहरी कार्यालय बार्जुगाडको टोलीले बुढीगंगा नगरपालिकाको बाह्रवीसतिर सर्चिङ्गमा गएका बेला सिगाडा मावि कक्षा ९ मा अध्ययनरत एक जना छात्रलाई विप्लव समुहको जिल्ला कमिटी सदस्य भनेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका वडा नं. ९ बाह्रवीस बासुरेका लाल बहादुर शाही रहेका छन् । बार्जुगाडबाट सर्चिङ्गमा गएको प्रहरीको टोलीले […]
डोल्पा– सत्यम्, शान्ति, सेवा सुरक्षणम। समाजमा र राष्ट्रको सुरक्षाको पहरेदार गरि शान्ति सुरक्षा अमनचयन कायम राख्नु प्रहरीको पहिलो काम हो। प्रहरीलाई जनताको रक्षकको रुपमा लिइने गरिएको छ। तर जो रक्षक उही भक्षक भएपछि सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति कसरी गर्ने? त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालय सुरक्षार्थ खटिएका प्रहरी चौकी त्रिपुराकोटका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसिले १२ […]
३१ भदौ, काठमाडौं । नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने योजना अघि बढेको नगर प्रमुख गजेन्द्र […]
नागरिक रैबार/बाजुरा ३० बाजुरा। जिल्ला प्रहरी कार्यालय बाजुरामा जड्याहाको भीड लागेको छ । शुक्रबार देखि सूरु भएकाे अनन्ते मेला आइतबार राति मार्तडीमा लागेको अनन्ते मेलालाई अशान्त पार्न खोजेको आरोपमा प्रहरीले २५ जना जड्याहालाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले मदिरा सेवनबाट आईपर्ने समस्या र यसको असरबारे प्रशिक्षण […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा जारी अनन्ते मेलामा मदिराले मात्तिएका कर्मचारीहरुको कुटाईबाट शक्त घाईते बनेका प्रहरी सहायक निरिक्षक मानबहादुर चन्दलाई थप उपचारका लागि धनगढी लगिएको छ । शनिबार साँझ मार्तडीमा लागेको अनन्ते मेलाको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरिक्षक चन्द नेतृत्वको प्रहरीको टोलीलाई राष्ट्रिय बाणिज्य बैकमा बाजुरा शाखामा कार्यरत अमृत्त बोहरा र केशब गिरी, […]
धनगढी, भदौ -१७ । कैलालीमा अपरिचित समूहले आमाछोरी माथि बलात्कारको प्रयास गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाको धुर्जन्नामा गए राती आमा छोरी सुतेको बेला बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार गए राती ११ बजेको समयमा घरमै सुतिरहेका बेला मदिरा सेवन गरेर आएको दुईजनाको समूहले आमाछोरीमाथी […]
कंचनपुरको पुनर्वासमा आफ्नै बुवाबाट छोरी बलात्कृत भएकी छिन । बेलौरी र पुनर्वासको सिमा क्षेत्र पर्ने पुनर्वास नगरपालिका-१,बन्धाताल टोलमा आफ्नै जन्म दिने बुवाबाट छोरी बलात्कृत भएकी हुन । बुधबार १४ वर्षिय आफ्नै जेठी छोरी एनिसा नेपाली (नाम परिवर्तन ) लाई बलात्कार गरेको आरोपमा ३९ वर्षिय कालू नेपाली (नाम परिवर्तन ) पक्राउ परेका हुन । मंगलबार राती […]
रुपन्देही ९ असार । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो ।पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ […]