होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • किशोरीलाई प्रेमजालमा फसाएर बलात्कार, त्यसपछि भारतमा बेचिएकी उनी कैलाली प्रहरीको सम्पर्कमा
समाचार

किशोरीलाई प्रेमजालमा फसाएर बलात्कार, त्यसपछि भारतमा बेचिएकी उनी कैलाली प्रहरीको सम्पर्कमा

  • नागरिक रैबार
किशोरीलाई प्रेमजालमा फसाएर बलात्कार, त्यसपछि भारतमा बेचिएकी उनी कैलाली प्रहरीको सम्पर्कमा

काठमाडाैंँ: एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ। १७ वर्षीया बालबालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाइ प्रेम जालमा फसाइ बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानिटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ। शुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाइ चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए। उनका सहयोगीले भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएका थिए।

भारतीय व्यक्तिले निज बालिकालाई अश्लिल भिडियो देखाइ मानसिक यातना दिने गरेको र रकम तिरेर किनेको भन्दै डर त्रासमा राखेर चरम यातना दिएको खुलेको छ। उनले बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगार लगाइदिने बहानामा भारतका विभिन्न ठाँउमा लग्ने गरेको पीडित बालिकाले बताएकी छिन्।

विज्ञापन

त्यही सिलसिलामा बालिका पीडकको आँखा छलेर भाग्न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत बालिका कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

एक वर्षअघि उक्त घटना भएको थियो। त्यसपछि उनी फरार हुँदै आएका थिए। उनका सहयोगी भने फरार छन्। उनको खोजी जारी रहेको जनाइएको छ। अभियुक्त तामाङविरुद्ध साउन २९ मा नै ब्युरोमा कारवाही गरी पाउँ भनी जाहेरी परेको थियो। अर्पण भनिने राजु तामाङलाई ब्युरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडाैंँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले आज एक विज्ञप्तिमार्फत जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार