होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीमा जड्याहाबाट प्रहरी घाईते
समाचार

त्रिवेणीमा जड्याहाबाट प्रहरी घाईते

  • नागरिक रैबार
त्रिवेणीमा जड्याहाबाट प्रहरी घाईते

नागरिक रैबार
बाजुरा २४ भदौ ।
बाजुरा जिल्ला त्रिविणी नगरपालिका ४ तोलिमा मदिरा सेवन गरेका जड्याहालाई प्रक्राउ गर्दा उल्टै प्रहरी माथि आक्रमण भएको छ । उनीहरुको आक्रमणबाट तिन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त प्रमुख तथा प्रहरी निरिक्षक लोकेन्द्र सिं ठगुन्नाले बताएका छन् ।
मापसे चेक गरेर प्रहरी चौकी ल्याउने क्रममा प्रहरी माथि ढुङ्गा मुढा प्रहार भएको जनाईएको छ । आक्रमणबाट घाईते हुनेमा असई रघुवीर बढु, हल्वदार नारद सिं बिष्ट र प्रहरी जवान नरेन्द्र बोहोरा घाइते भएका छन् ।
घाईते एकजना प्रहरीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । २२ गते मध्ये राती वडा नम्बर ४ तोली बस्ने नरेन्द्र साउदलाई प्रहरीले स्थानीय बजारमा मदिरा सेवन गरेर हल्ला गरेको भन्दै प्रक्राउ गरेको थियो । प्रक्राउ गरेर मापेस चेक गर्न तोली स्वास्थ्य चौकी लिइएको थियो ।
घाइते असई बढुको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने दुई जनाको भने तोली स्वास्थ्य चौकी उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी माथि आक्रमण गर्ने ३ जना प्रक्राउ गरिसकेको छ भने ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । त्रिवेणी नगरपालिकाले नगरपालिका क्षेत्रलाई मदिरा निषेधित गरेको भएपनि मदिरा बिक्रि भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार