होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बलिउड/हलिउड
  • कोभिड संक्रमितको उपचारका लागि प्रियंकाले जम्मा गरिन् २२ करोड
बलिउड/हलिउड

कोभिड संक्रमितको उपचारका लागि प्रियंकाले जम्मा गरिन् २२ करोड

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कोभिड संक्रमितको उपचारका लागि प्रियंकाले जम्मा गरिन् २२ करोड

केही दिन अगाडि नायिका प्रियंका चोपडाले भारतमा कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि भन्दै सहयोग कोष स्थापना गरेकी थिइन् ।
उनले, अनलाइनको माध्यमबाट सुरु गरेको यो कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको उल्लेख गरेकी छिन् ।

सामाजिक संजालमा यो कुराको जानकारी दिदै प्रियंकाले खुशी व्यक्त गरेकी छिन् । प्रियंकाको यो अभियानमा हलिउडका गायक–गायिका, कलाकारदेखि विभिन्न मानिसहरुले सहयोग गरेका थिए ।

 

उनले लेखेकी छिन्–‘हामीले ३ मिलियन डलर अर्थात २२ करोड रुपैयाँ जम्मा गर्न सफल भएका छौ । यो रकमले ५ सय अक्सिजन कन्स्ट्रेटर र ४२२ अक्सिजन सिलिन्डर किन्न सकिन्छ । ’

साथै, उनले यो रकमले ६ हजार मानिसमा कोरोना विरुद्धको खोप लगाउन सकिने पनि उल्लेख गरेकी छिन् । उनले, यो कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै