होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुई मतदातालाई हेलिकोप्टरको आश्वासन, गाडीमै हेटौंडा प्रस्थान
समाचार

दुई मतदातालाई हेलिकोप्टरको आश्वासन, गाडीमै हेटौंडा प्रस्थान

  • नागरिक रैबार
दुई मतदातालाई हेलिकोप्टरको आश्वासन, गाडीमै हेटौंडा प्रस्थान

हेटौंडाको भुटनदेवी माविमा बिहीबार राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु भइसक्दा पनि एमाले प्रदेशसभा सांसद बेलीमाया घले काठमाडौंमै थिइन् । उनी बिरामी भएको भन्दै भोट हाल्न नगई बसेकी थिइन् ।

रामबहादुर थापा बादललाई भोट हाल्ने निर्णय गरिसकेको राप्रपाकी सांसद रिता माझी पनि बिहीबार बिहानसम्म काठमाडौंमै थिइन् । साथमा दुई महिनाकी सुत्केरी भएकाले भोट हाल्न हेटौडा जान नसक्ने भन्दै रिता काठमाडौंमै रोकिएकी थिइन् ।

बेलीमाया र रिता दुबैको भोट रामबहादुर थापा बादलको पक्षमा खस्नुपर्ने थियो ।

विज्ञापन

भोट हाल्न जान नसकेकी रितालाई बिहीबार बिहानै खबर आयो– तपाईलाई हेटौंडासम्म लैजान हेलिकोप्टरको व्यवस्था गरिएको छ, एयरपोर्टसम्म आउनुप-यो ।

त्यसैगरी एमाले सांसद घलेलाई पनि हेलिकोप्टरबाट हेटौंडा लैजाने भन्दै प्रहरी प्रधान कार्यालयको गाडीमा हालेर त्रिभुवन विमानस्थल पु¥याइयो । त्यहाँ प्रभु हेलिकोप्टर तयारी हालतमा राखिएको प्रहरीले सांसदलाई बतायो ।

तर, केहीबेरपछि खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेको जानकारी गराइयो र विमानस्थलबाट बेलिमाया बाहिरिइन् ।

अन्ततः आफू एमालेका केही सांसदसँग गाडी चढेर हेटौंडा प्रस्थान गरेको राप्रपा सांसद रिता माझीले आफ्नो पार्टीका नेताहरुलाई रिपोर्टिङ गरेकी छन् ।

यसबारे बुझ्दा राप्रपाका नेता मोहन श्रेष्ठले रातोपाटीसँग भने, ‘हेलिकोप्टरको व्यवस्था छ भन्ने खबर आए पनि गाडीकै बाटोबाट हेटौंडा गएको उहाँले बताउनुभएको छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार