होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • एथलेटिक्स
  • बाजुराकी पुनमले थाइल्याण्ड ओपन बक्सिङ खेल्ने
एथलेटिक्स

बाजुराकी पुनमले थाइल्याण्ड ओपन बक्सिङ खेल्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुराकी पुनमले थाइल्याण्ड ओपन बक्सिङ खेल्ने

त्रिभुवन आर्मीकी पुनम रावल थाइल्याण्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोटबाट पुनम महिला ६० केजी तौल समूहमा छनोट भएकी हुन् ।बुधबार भएको फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गरिन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली तथा आर्मीका सुशिल थापा मगरले रामेछापका सुवास तामाङलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ५७ केजीमा ललितपुरका बुद्ध ग्याम्जो लामाले कास्कीका जुनेश गुरुङ तथा आर्मीका पुरन सुनुवारले प्रहरीका शम्भु राजवंशीलाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।

विज्ञापन

पुरुष ६३ केजीमा झापाका अभिनय राई र काठमाडौंका सनिल शाहीले फाइनल यात्रा तय गरे । अभिनयले नक्सालका मौसम राना मगर तथा सनिलले आर्मीका दानबहादुर दर्लामीको चुनौती पन्छाए । खेलपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै