होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ १७, २०८०
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • मुगुको खत्याडमा सूचनाको हक सम्वन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
सूचना-प्रविधि

मुगुको खत्याडमा सूचनाको हक सम्वन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
मुगुको खत्याडमा सूचनाको हक सम्वन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

नागरिक रैबार।मुगु जिल्लाको खत्याड गाउँपालिकामा सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार गाउँपालिकामा पालिका स्तरका सम्पूर्ण जनप्रतिनिधी, सामाजिक अभियान्ता, महिला, दलित लगायतको उपस्थितिमा सूचनाको हक सम्वन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

खत्याड गाउँपालिकाको आयोजना र राष्ट्रिय सूचना आयोग काठमाडौको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको हो ।गाउँपालिकाले पालिका भित्रका जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको खत्याड गाउँपालिकाले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रमकोे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सहजिकरण गरेकि थिईन् ।उनले सूचनाको हक सम्बन्धी आवश्यक प्रावधान, सूचना माग्दा ध्यान दिनु पर्ने कानुनी व्यवस्था, सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा पालिकाका कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूलाई जानकारी गराएकी थिइन् ।

विज्ञापन

अन्तरक्रिया कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले हरेक सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउन गाउँपालिकालाई आग्रह गरेकी छन् ।

कार्यक्रममा बोल्दै खत्याड गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाले सूचनाको हकबाट पालिका भित्रका नागरिकहरूलाई बन्चित नगर्ने बताईन् । उनले सूचना पाउनु सवै नागरिकको दायित्व भएकोले पालिकाले सबै नागरिकलाई सहि र सत्य सूचना प्रदान गर्ने बताएका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाको अध्यक्षतामा अध्यक्षतामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा पालिका स्तरका विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष, प्रहरी, पत्रकार र संघसंस्थाका प्रतिनिधि लगायत सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • ५ महिना अगाडि