होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • नेपालमा साउथ फिल्मको दबदबा बढ्ने संकेत, ‘केजीएफ २’ ल्याउन चर्को मूल्य तिर्नुपर्ने
मनोरञ्जन

नेपालमा साउथ फिल्मको दबदबा बढ्ने संकेत, ‘केजीएफ २’ ल्याउन चर्को मूल्य तिर्नुपर्ने

  • नागरिक रैबार
नेपालमा साउथ फिल्मको दबदबा बढ्ने संकेत, ‘केजीएफ २’ ल्याउन चर्को मूल्य तिर्नुपर्ने

काठमाडौं । नेपालमा दक्षिण भारतीय फिल्मको दबदबा अझै बढ्ने संकेत देखिएको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको यश स्टारर ‘केजीएफ’को दोस्रो श्रृंखलाले नेपाल वितरण अधिकारको मूल्य ३ करोड २० लाख रुपैयाँ प्रस्ताव गरेको छ ।

फिल्मको हिन्दी संस्करणको वितरणलाई अहिले फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टले हेरिरहेको छ । एक्सेलले नेपाली वितरकलाई प्रस्ताव गरेको उक्त मूल्य कुनै विदेशी फिल्मले गरेको कीर्तिमानी रकम हो । एक्सेलको प्रस्तावपछि नेपाली वितरक झस्किएका छन् ।

फिल्मको नेपाल राइट खरिद गर्ने प्रयासमा जुटिरहेका केही नेपाली वितरक र प्रदर्शकले एक्सेलले २ करोड भारु मूल्य प्रस्ताव गरेको अनलाइनखबरलाई बताए । बिहीबार मध्यान्हसम्म नेपाल राइट बिक्री भइसकेको छैन ।

विज्ञापन

यश, रविना टण्डन र सञ्जय दत्तको मुख्य अभिनय रहेको ‘केजीएफ च्याप्टर २’ नेपालमा समेत प्रतिक्षित छ । यसको पहिलो श्रृंखलाले नेपालमा राम्रो कमाइ गरेको थियो । ४८ लाखमा ल्याइएको भनिएको साउथ फिल्म ‘पुष्पा’ले नेपाली बक्स अफिसमा १० करोडभन्दा बढी ग्रस कमाइ गरेको थियो ।

अहिले चलिरहेको ‘आरआरआर’ले पहिलो साता ७ करोड ग्रस कमाउने अनुमान गरिएको छ । ‘पछिल्लो समय आरआरआर, पुष्पाजस्ता फिल्म चल्दा भारतीय निर्मातालाई नेपाल राम्रो फिल्म बजार बनेको जस्तो लाग्न सक्छ,’ समीक्षक सामीप्य तिमल्सिनाले भने, ‘नेपाली फिल्म बजारमा संकटका बादलहरु घना हुँदै गएको यो संकेत हो ।’

ठूलै मूल्य तिरेर नेपाल ल्याइएका भारतीय फिल्म नचलेका उदाहरण पनि छन् । हालै रिलिज भएको अक्षय कुमार स्टारर ‘बच्चन पाण्डे’, र प्रभासको ‘राधेश्याम’ले राम्रो व्यापार गरेनन् । यसैसाता बलिउड अभिनेता सलमान खानले समेत आफ्ना फिल्म दक्षिण भारतमा नचलेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

‘अहिले सलमान खानजस्ता ठूला स्टारले समेत चिन्ता मानेको बेला हो यो,’ फिल्म लेखक समेत रहेका तिमल्सिनाले भने, ‘या त हामी उनीहरुको लेभलको प्रतिस्पर्धामा उत्रिनुपर्‍यो या त उनीहरुकै जस्तो फिल्म बनाउनुपर्‍यो ।’

वैशाख १ मा नेपाली फिल्म ‘ए मेरो हजुर ४’ पनि प्रदर्शन हुने तयारीमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार