होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • करिश्माको कटाक्ष : मेरो न्वारनको नाम थाहा पाएर धेरैलाई भिटामिन डी प्राप्त भयो
मनोरञ्जन

करिश्माको कटाक्ष : मेरो न्वारनको नाम थाहा पाएर धेरैलाई भिटामिन डी प्राप्त भयो

  • नागरिक रैबार
करिश्माको कटाक्ष : मेरो न्वारनको नाम थाहा पाएर धेरैलाई भिटामिन डी प्राप्त भयो

काठमाडौं । चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्दै अभिनेत्री करिश्मा मानन्धले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताइन् ।

उनको यो अभिव्यक्तिले राम्रै चर्चा बटुल्यो । राजनीतिक वृत्तदेखि फिल्म नगरीसम्म करिश्माको कपिलवस्तु कथनलाई लिएर गसिप बने । कतिपयले उनको यो भनाइलाई लिएर व्यंग्य समेत गरे ।

कतिपयले करिश्माको छातीमा खोपिएको ट्याटुलाई लिएर सामाजिक सञ्जालमा ट्रोल गरे ।गत साता आफू प्रवेश गरेको दल एमालेको सान्दर्भिकता र महत्व पुष्टि गर्न करिश्माले भनेकी थिइन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है । सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्नेछ । लालसलाम ।’

विज्ञापन

अहिले करिश्माले आफूविरुद्ध भएका कटाक्षबारे टिप्पणी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार