होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बलिउडमा ‘कार्तिकेय २’को दबदबा, रामगोपाल बर्माले गरे आरआरआर र केजीएफसँग तुलना
समाचार

बलिउडमा ‘कार्तिकेय २’को दबदबा, रामगोपाल बर्माले गरे आरआरआर र केजीएफसँग तुलना

  • नागरिक रैबार
बलिउडमा ‘कार्तिकेय २’को दबदबा, रामगोपाल बर्माले गरे आरआरआर र केजीएफसँग तुलना

काठमाडौं । यतिबेला बलिउडको पटकथा कसले लेखिरहेको छ कसैलाई थाहा छैन । यतिबेला मुम्बैया फिल्ममा हरेक चीज उल्टो भइरहेको छ । स्टारका फिल्म असफल भइरहेका छन् । नसोचेका फिल्मले राम्रो कमाइ गरिरहेका छन् ।

अगस्ट १३ मा रिलिज भएको तेलुगू फिल्म ‘कार्तिकेय २’ले पछिल्लो सप्ताहन्तमा अन्य फिल्मभन्दा राम्रो कमाइ गरेको छ । यो फिल्मको हिन्दी संस्करणले मात्रै दुई सातामा ११.२५ करोड ग्रस कमायो ।

फिल्म निर्माता रामगोपाल बर्माले ट्वीट गर्दै निर्देशक चन्दु मन्देतीलाई ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजामौलीसँग तुलना गरेका छन् । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुुसार हिन्दी बेल्टमा फिल्मले राम्रो कमाइ गरेको छ ।

विज्ञापन

पहिलो दिन ७ लाख कमाएको फिल्मले आठौं दिनमा ३.०४ करोड भारु कमायो । दोस्रो शुक्रबार २.४६ करोड भारु, दोस्रो शनिबार ३.०४ करोडसहित कुल ११.२५ करोड कमाएको उनले जनाएका छन् ।

निखिल सिद्धार्थको मुख्य भूमिका रहेको फिल्मले अहिलेसम्म विश्वभर ४८ करोड भारु ग्रस कमाएको छ । अनुपमा परमेश्वरम् र अनुपम खेरको समेत अभिनय रहेको फिल्म सन् २०१४ मा रिलिज भएको ‘कार्तिकेय’को सिक्वेल हो ।

आमिर खान स्टारर ‘लाल सिंह चड्ढा’ले १० दिनमा भारतीय बक्स अफिसमा ५४ करोड भारु कमाएको छ । अक्षयकुमारको ‘रक्षाबन्धन’ले पहिलो सप्ताहन्तमा मात्र २८ करोड ग्रस कमाएको थियो । एसएस राजामौलीको ‘आरआरआर’को हिन्दी संस्करणले मात्र पहिलो दिनमा १९ करोड कमाएको थियो । ‘आरआरआर’ले हालसम्म हिन्दी संस्करणमा १३१ करोड भारु कमाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार