होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुल्मी २ बाट चुनाव लड्ने रामकुमारी झाँक्रीको घोषणा
समाचार

गुल्मी २ बाट चुनाव लड्ने रामकुमारी झाँक्रीको घोषणा

  • नागरिक रैबार
गुल्मी २ बाट चुनाव लड्ने रामकुमारी झाँक्रीको घोषणा

काठमाडौँ — नेकपा एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । गठबन्धन दलभित्र सीट बाँडफाँट नटुंगिदै झाँक्रीले आइतबार यस्तो घोषणा गरेकी हुन् ।

‘गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु,’ झाँक्रीले आफ्नो फेसबुक पेजमा लेखेकी छन् । उनले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन् ।

यसअघि पनि गठबन्धन दलभित्र गुल्मी २ बाट उठ्ने विषयमा छलफल भइरहेको जानकारी गराएकी थिइन् । झाँक्री गुल्मीकी स्थायी बासिन्दा हुन् । २०७४ आमनिर्वाचनमा गुल्मी २ बाट एमाले सचिव गोकर्ण विष्ट विजयी भएका थिए । यसपटक पनि विष्ट गुल्मीबाटै प्रतिस्पर्धाको तयारीमा छन् । एमाले विभाजनपूर्व विष्ट र झाँक्री एकै समूहमा रहेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै