होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
Advertisement area
नागरिक रैबार / बाजुरा ५ चैत । नेपाली सेना, राष्ट्रिय सेवादलद्वारा बाजुरा जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मा. वि.मा सञ्चालन गरिएको एनसीसी तालिमका क्याडेट विद्यार्थीहरूलाई अाज एक अनाैपचारिक कार्यक्रमका वीच कोहलपुर पठाएको छ । मालिका मावि कक्षा ८ र ९ मा अध्ययनरत ३६ एनसीसी क्याडेट छात्रछात्रा, तीन जना नेपाली सेना तथा राष्ट्रिय सेवा दल नेपालका प्रशिक्षक र एक जना विद्यालयका शिक्षक प्रतिनिधि गरि ४० जनाकाे टाेली काेहलपुर पठाएको मालिका माविका प्राचार्य शुभराज पाध्यायले जानकारी दिनुभएको छ । उहाँका अनुसार विद्यालयबाट चाैथाे व्याजका रूपमा याे टाेली पठाएका छाै ।
यस चाैथाे व्याजका एनसीसी क्याडेट ७२ जना मध्येका ३६ जना अघिल्लो महिनाकाे मध्येतिर पठाई अाज उनीहरू काेहलपुरबाट सफलता पुर्वक फर्किँदै गर्दा दाेस्राे सिप्टमा यिनिहरू पठाएका हाैँ । उहाँले भने समाजमा अनुशासनको खडेरी र मूल्य मान्यतामा ह्रास आइरहेका बेला नेपाली सेनाले भने ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ विद्यार्थी युवाशक्तिमा राष्ट्रिय भावना जागृत तुल्याउन भगीरथ प्रयास गरिरहेको छ। याे निकै नै प्रशंसनीय कार्य हाे भन्दै तीनजना प्रशिक्षकलाई सम्मान समेत गर्दै अागामीदिनहरूमा यसलाई निरन्तरता दिन जाेड समेत दिन नेपाली सेनालाई अाग्रह गर्नु भएको छ ।
सम्बन्धित विद्यार्थीहरूका अभिभावकहरूका माँझ अनाैपचारिक कार्यक्रम संचालन गर्दै मालिका माविका नेपाली शिक्षक धिरबहादुर दानीले देश र जनताको सुरक्षामा अनवरत अग्रसर नेपाली सेनाले राष्ट्रिय सेवा दलमार्फत युवा विद्यार्थी भाइवहिनीहरूमा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन तालिमका माध्यमद्वारा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भएको छ । अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्ने कार्यमा सेवा दलद्वारा प्रदान गरिने तालिमले ठूलो बल प्रदान गरिरहेको राष्ट्रिय सेवा दलका प्रशिक्षकहरूले जनाएका छन ।
फेसबुक प्रतिक्रियाहरु