होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बिहे गर्दै रणवीर र आलिया
समाचार

बिहे गर्दै रणवीर र आलिया

  • नागरिक रैबार
बिहे गर्दै रणवीर र आलिया

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई कठियावाडी’का कारण चर्चामा छिन् । यसबाहेक उनी प्रेमी रणवीर कपुरसँगको बिहेलाई लिएर पनि समाचारको हेडलाइनमा बन्ने गर्छिन् ।

यतिबेला भने आलिया र रणवीर बिहेलाई लिएर नयाँ खबर छ । भारतीय सञ्चारमाध्यमले यो जोडीको बिहेको नयाँ खबरबारे उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले अक्टोबर २०२२ मा विवाह गर्दैछ ।

तर बिहेलाई लिएर उक्त जोडीबाट औपचारिक जानकारी भने बाहिर आएको छैन । कोरोना महामारीले गत वर्ष गर्ने भनिएको बिहे पोस्टपोन्ड भएको थियो । त्यसपछि यस वर्षको अप्रिलमा बिहे गर्ने बताइएको थियो ।

विज्ञापन

कपुर र भट्ट परिवार स्रोतले अक्टोबरमा बिहे गर्न सोहीअनुसार तयारी गरिरहेको दैनिक भास्करले जनाएको छ । पाली हिलमा बन्दै गरेको घरको निर्माण सकिएपछि मात्र बिहे गर्ने उनीहरुको योजना रहेको बताइएको छ ।

रणवीर र आलिया अभिनित फिल्म ‘ब्रम्हास्त्र’ रिलिजको तयारीमा छ । यो फिल्ममा अमिताभ बच्चन, डिम्पल कपाडिया, नागार्जुन अक्किनेनीले पनि अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार