होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘फास्ट एण्ड फ्युरियस-१०’मा ब्राय लार्सन अनुबन्धित
समाचार

‘फास्ट एण्ड फ्युरियस-१०’मा ब्राय लार्सन अनुबन्धित

  • नागरिक रैबार
‘फास्ट एण्ड फ्युरियस-१०’मा ब्राय लार्सन अनुबन्धित

काठमाडौं । ‘क्याप्टेन मार्भल’ अभिनेत्री ब्राय लार्सन बहुप्रतीक्षित हलिउड सिक्वेल ‘फास्ट एण्ड फ्युरियस-१०’मा अनुबन्धित भएकी छन् । इन्स्टाग्राममा आफू र लार्सनसहितको तस्वीर सेयर गर्दै निर्माता तथा अभिनेता भिन डिजेलले लेखेका छन्, ‘परिवारमा स्वागत छ ब्राय ।’

तर फिल्ममा लार्सनको भूमिकाबारे केही खुलाइएको छैन । फ्यानलाई आश्चर्यमा पार्दै डिजेलले लार्सनको अनुबन्धनबारेको समाचार सार्वजनिक गरेका हुन् । ओस्कार विजेतालाई फ्रेन्चाइजमा सामेल गर्न पाउँदा खुसी लागेको उनले जनाएका छन् ।

लार्सनसहित फिल्ममा डिजेल, लुडाक्रिस, मिसेल रोड्रिग्युज, टायरिज गिब्सन, सुङकाङको मुख्य भूमिका छ । जेसन मोमोआ पनि मुख्य भिलेन चरित्रको रुपमा अनुबन्धित भइसकेका छन् । जस्टिन लिनले फिल्मलाई निर्देशन गर्नेछन् ।

विज्ञापन

गत वर्ष रिलिज भएको फिल्म एफ नाइनले विश्व बक्स अफिसमा ७२६ मिलियन डलर कमाइ गरेको थियो । नेपाली बक्स अफिसमा समेत फिल्मले राम्रो कमाइ गरेको थियो ।

बक्स अफिसमा सन् २०२३ लार्सनको लागि ठूलो वर्ष हुनेछ । आगामी फेब्रुअरीमा मार्भल र क्याप्टेन मार्भलका सिक्वेल रिलिजको तयारीमा छन् । ‘फास्ट एण्ड फ्युरियस-१०’ १९ मे २०२३ मा प्रदर्शन हुने तयारीमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार