होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • एमाले अध्यक्ष ओलीसहितका नेता हेलिकप्टरमा बझाङ आउँदै
प्रदेश ७

एमाले अध्यक्ष ओलीसहितका नेता हेलिकप्टरमा बझाङ आउँदै

  • नागरिक रैबार
एमाले अध्यक्ष ओलीसहितका नेता हेलिकप्टरमा बझाङ आउँदै

बझाङः आसन्न स्थानीय तहको निर्वाचनकेन्द्रित आमसभालाई सम्बोधन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ आउँदै छन्। एमाले बझाङले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न अध्यक्ष ओली यहाँ आउन लागेका हुन्। बझाङ सदरमुकाममा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले बझाङका अध्यक्ष अफिलाल ओखेडाले बताए ।

ओली हेलिकप्टरमार्फत आउन लागेको उनले बताए। उनका अनुसार कार्यक्रममा ३० हजार भन्दा बढी मानिसको सहभागीता रहने अनुमान गरिएको छ। २ बजे कार्यक्रम सुरु गरिनेछ। हजारौँको संख्यामा मानिस एमाले प्रवेशको तयारी पनि रहेको उनको भनाइ छ। देश दौडाहामा रहेका अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णु पौडेललगायतका नेता पनि बझाङ आउँदै छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार