होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘आरआरआर’ २०० करोड क्लबमा, मुम्बईमा सफलताको पार्टी
समाचार

‘आरआरआर’ २०० करोड क्लबमा, मुम्बईमा सफलताको पार्टी

  • नागरिक रैबार
‘आरआरआर’ २०० करोड क्लबमा, मुम्बईमा सफलताको पार्टी

काठमाडौं । दक्षिण भारतीय (साउथ) फिल्म निर्देशक एसएस राजामौलीले भारतीय बक्स अफिसमा कीर्तिमानको अर्को मानक कायम राखेका छन् । उनी निर्देशित ‘बाहुबली : द बिगिनिङ’ भारतीय बक्स अफिसमा सय करोड पार गर्ने पहिलो हिन्दी डब साउथ फिल्म थियो ।

राजामौली निर्देशित ‘बाहुबली : द कन्क्लुजन’ले ५०० करोड भारुभन्दा बढी कमाइसकेको छ । अब भने उनकै नयाँ फिल्म ‘आरआरआर’ २०० करोड क्लब प्रवेश गर्ने दोस्रो फिल्म बनेको छ ।

फिल्मको सफलताको खुसीयालीमा मुम्बईमा भव्य पार्टी आयोजना गरियो जहाँ बलिउड र साउथ फिल्मका ‘हु इज हु’ सहभागी रहे । ‘आरआरआर’ निर्माण कम्पनी जयन्तीलाला गादाले आयोजना गरेको पार्टीमा आमिर खान र करण जोहर पनि उपस्थित रहे ।

विज्ञापन

करण र आमिर दुवैले निर्देशक राजामौलीको प्रशंसा गरे । उनीहरु दुवैले राजामौली शैलीको फिल्म निर्माणको आफूहरु विद्यार्थी रहेको बताए ।

‘राजामौली एक वास्तविक प्रतिभाशाली र दूरदर्शी हुनुहुन्छ । उहाँसँग एक प्रतिभाशाली बच्चाको कल्पना छ । मैले पहिलोपटक जब बाहुबली हेर्दा लाग्यो, भारतीय फिल्ममा यस्तो बन्छ भन्ने लागेकै थिएन । आरआरआर मलाई त्यस्तै लाग्यो,’ करणले भने ।

‘यो मान्छे यो मनमोहक फिल्म निर्माता वास्तविक हुन सक्दैन । तपाईंले उहाँलाई महसुस गर्न र वास्तविक हुनुहुन्छ भनेर विश्वास गर्न उहाँलाई छुनुपर्छ,’ करणले अघि भने, ‘मलाई लाग्छ एसएस राजामौली हाम्रो देशले नदेखेको सबैभन्दा ठूला फिल्म निर्माता-निर्देशक हुन् ।’

उनले अगाडि भने, ‘भारतीय सिनेमालाई माथि उकास्न उहाँले गरेको प्रयत्नलाई हामीले साथ दिनुपर्छ । मापदण्डहरु राजामौलीका सिनेमाले सेट गरेका छन् र हामी त्यसप्रकारका सिनेमाको विद्यार्थी बन्न चाहन्छौं । उनले सिनेमालाई जे दिएका छन् हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार