होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • अब मोबाइलबाटै स्वास्थ्य बिमा नवीकरण गर्न मिल्ने
स्वास्थ्य-जीवनशैली

अब मोबाइलबाटै स्वास्थ्य बिमा नवीकरण गर्न मिल्ने

  • नागरिक रैबार
अब मोबाइलबाटै स्वास्थ्य बिमा नवीकरण गर्न मिल्ने

काठमाडौँ — स्वास्थ्य बिमा बोर्डले बिमितहरुले मोबाइलबाट बीमकाे अनलाईन नवीकरण गर्न मिल्ने सुविधा ल्याएको छ । बिहीबार छैटौं स्वास्थ्य बिमा दिवसको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै बोर्डले शुक्रबार चैत २५ गतेका दिन यो सुविधासँगै एचआइभी प्रोफाइल मोबाइल एप सेवा सुभारम्भ गर्ने भएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बढ्दो सेवाग्राहीको चापका कारण केही सेवा प्रदायक संस्थामा व्यवस्थापन समस्या देखिएता पनि त्यसलाई समाधान गर्ने कार्य भइरहेको बताए । उनले भने–‘सेवाको गुणस्तर, जनशक्ति बढाउनुपर्ने आवश्यकता छ । जनशक्तिको समस्याले समयमा सेवाग्राहीकाे कागजात रुजु नहुँदा समस्या पर्ने गरेको छ ।’

स्वास्थ्य बिमा कार्यक्रम २०७२ चैत्र २५ गते देखि कैलाली जिल्लाबाट औपचारिक रुपमा सदस्यता दर्ता सुरु भएको हो । हाल यो कार्यक्रमको भौगोलिक विस्तार ७७ जिल्ला तथा ७४५ स्थानीय तहमा भएको छ ।

विज्ञापन

बुधबारसम्मको बोर्डको तथ्यांक अनुसार कूल बिमित सदस्य संख्या ५३,०४,२७० (२०.०३ प्रतिशत) रहेका छन् भने कूल बिमित परिवारकाे संख्या १५,०८,५१४ (२७.७९ प्रतिशत) रहेको छ । त्यसैगरी कूल बिमित मध्ये सेवा लिनेको संख्या २०,८९,५९९ (कूल बिमितको करिब ३९.३९ प्रतिशत) रहेको छ । नवीकरण गर्नेको संख्या भने ७० प्रतिशत रहेको छ ।

७७ जिल्ला तथा ७४५ स्थानीय तहमा बिमा कार्यक्रमको विस्तार भए पनि बिमा रकम भुक्तानीको सोधभर्ना समयमै नहुनु, बिमितहरु नवीकरणमै नआउनु, जनचेतनाको कमीले बिमा प्रभावकारी तथा गुणस्तरीय बन्न सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार