होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लतालाई श्रद्धाञ्जली दिंदै अञ्जुले गाइन् ‘मेरे नैना’
समाचार

लतालाई श्रद्धाञ्जली दिंदै अञ्जुले गाइन् ‘मेरे नैना’

  • नागरिक रैबार
लतालाई श्रद्धाञ्जली दिंदै अञ्जुले गाइन् ‘मेरे नैना’

काठमाडौं । विश्व प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको आइतबार बिहान निधन भयो । उनको निधनले विश्वभरका संगीतप्रेमीलाई स्तब्ध बनाएको छ । लताको पार्थिव शरीरको अन्त्येष्टि आइतबार साँझ नै गरिएको छ ।

लताले विभिन्न ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले स्वर भरेको ‘मेरे नैना’ बोलको गीत चर्चित मानिन्छ ।

यसैबीच, लतालाई श्रद्धाञ्जली दिँदै चर्चित गायिका अञ्जु पन्तले ‘मेरे नैना’ बोलको गीतको कभर भिडियो सार्वजनिक गरेकी छन् ।

विज्ञापन

अन्जुले लेखेकी छन्, ‘संगीत इतिहासको एक धरोहर आदरणीय लता मंगेशकरको निधनको खबरले स्तब्ध बनायो । विश्वले उहाँको सांगीतिक योगदानलाई कहिल्यै भुल्नेछैन । संयोग पनि कस्तो हुँदो रहेछ, दुई दिनअघि मात्र मेरो श्रीमानले यो गीत गाउन अनुरोध गर्नुभयो अनि मैले रेकर्ड गरें । आज त्यही गीत लताजीको सम्झना र सम्मानस्वरुप यहाँहरुमाझ ल्याएकी छु ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार