होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विजयको ‘बिस्ट’ फिल्मलाई कुवेतमा प्रतिबन्ध
समाचार

विजयको ‘बिस्ट’ फिल्मलाई कुवेतमा प्रतिबन्ध

  • नागरिक रैबार
विजयको ‘बिस्ट’ फिल्मलाई कुवेतमा प्रतिबन्ध

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार विजयको आगामी फिल्म ‘बिस्ट’लाई मध्यपूर्वी मुलुक कुवेतमा प्रतिबन्ध लगाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा मुस्लिम र पाकिस्तानविरोधी दृश्य समावेश गरिएको छ ।

कुवेत सरकारले यो फिल्म मुलुकको हितविरुद्ध भएको समेत उल्लेख गरेको छ । विजयको यो होस्टेज थ्रिलर फिल्ममा पाकिस्तानी आतंकवादको मुद्दालाई उठाइएको कुवेतको सेन्सर बोर्डले जनाएको छ ।

जसमा अरब मुलुकलाई आतंकवादीको आश्रयस्थलको रुपमा चित्रण गरिएको छ । कुवेतको यो कदमलाई अन्य अरब मुलुकले पनि पछ्याउन सक्ने जनाइएको छ ।

विज्ञापन

‘बिस्ट’अघि दक्षिण भारतीय अभिनेता दुलकर सलमानको फिल्म ‘कुरुप’ र विष्णु विशालको फिल्म ‘एफआईआर’लाई पनि प्रतिबन्ध लगाइएको थियो । विजय अभिनित ‘बिस्ट’सँगै कन्नड भाषाको फिल्म ‘केजीएफः च्याप्टर २’ पनि प्रदर्शन हुँदैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार