होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘सक्किगोनि’मा फर्किए ‘पाँडे’
बलिउड/हलिउड

‘सक्किगोनि’मा फर्किए ‘पाँडे’

  • नागरिक रैबार
‘सक्किगोनि’मा फर्किए ‘पाँडे’

लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’मा कलाकार अर्जुन घिमिरे (पाँडे)लाई दर्शकले नदेखेको लामै समय भयो । पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका थिए । अब, भने दर्शकले टेलिसिरियलमा (पाँडे)लाई हेर्न पाउने भएका छन् ।

बिहीबारको भागदेखि आफू ‘सक्किगोनि’मा फर्किएको अर्जुनले जानकारी दिए । बुधबार सुटिङमै रहेका उनले अनलाइनखबरसँग भने, ‘लामो समयको अन्तरपछि अभिनयमा फर्किदैछु । केही फरक गरौं भनेर लागिरहेका छौं ।’ अर्जुनकी आमा मस्तिष्क पक्षघातका कारण झण्डै चार महिनादेखि ग्रिनसिटी अस्पतालमा छिन् । उनको अहिलेसम्म होस आएको छैन् ।

आमा बिरामी भएपछि अर्जुन ‘सक्किगोनि’मा देखिन छाडेका थिए । हिमालय टेलिभिजनमा हरेक बिहीबार राती ९ बजे प्रशारण हुँदै आएको ‘सक्किगोनि’मा कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरेको कथा, पटकथा, संवाद र निर्देशन रहँदै आएको छ । अनलाइनखबरबाट

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार