होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘गदर’ को सिक्वेल तयारी
बलिउड/हलिउड

‘गदर’ को सिक्वेल तयारी

  • नागरिक रैबार
‘गदर’ को सिक्वेल तयारी

मुम्बई– सन् २००१ मा रिलिज भएको फिल्म ‘गदरः एक प्रेम कथा’को सिक्वेल बन्ने भएको छ । सनी देवल, अमिषा पटेल र अमरीश पुरीको अभिनय गरेको यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार निर्देशक अनिल शर्माले फिल्मको सिक्वेल बनाउने विषयमा मुख खोलेका छन् । निर्माता तथा निर्देशकको समूह ‘गदर’को सिक्वेलका लागि काम शुरु गरिसकेका छन् ।

फिल्मका लागि प्लट र स्क्रिप्ट लेखनको काम भइरहेको छ । सिक्वेलमा अभिनेता सनी र अभिनेत्री अमिषा नै दोहोरिनेछन् । फिल्म निर्देशक अनिलका छोरा उत्कर्ष प्रमुख भूमिकामा देखिनेछन् ।

विज्ञापन

फिल्म ‘गदर’मा उत्कर्षले सनी र अमीषाको छोराको भूमिका निभाएका थिए । उनले सन् २०१८ मा नै फिल्म ‘जिनियस’बाट बलिउडमा डेब्यू गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार