होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • प्रधानमन्त्रीकी छोरीले किन स्कुल जानै छोडिन् ?
स्वास्थ्य-जीवनशैली

प्रधानमन्त्रीकी छोरीले किन स्कुल जानै छोडिन् ?

  • नागरिक रैबार
प्रधानमन्त्रीकी छोरीले किन स्कुल जानै छोडिन् ?

मुगु: मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिका–८ मा रहेकी प्रधामन्त्री केपी शर्मा ओलीले अभिभाकत्व गरेकी छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथीभाइबाट हेपिन पुगेकी छन्।

लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छन्। पठनपाठनमा आवश्यक कापी, कलम, ड्रेस नहुँदा पढ्न कहिलेकाहीँ मात्रै आउने गरेको विद्यालयले जनाएको छ ।

 

विज्ञापन

घरमा लालनपालन गर्ने अभिभावक नहुनु र बुबाको पनि निधन भएकाले असहाय बनेकी लामालाई प्रधानमन्त्री ओलीले अभिावकत्व ग्रहण गरेका थिए। अहिले घरमा बिहान–बेलुका अन्न जुटाउने चिन्ता हुने गरेको परिवारको गुनासो छ।

प्रधानमन्त्रीले अभिभावकत्व गरेको करिब ३ वर्ष पुग्दासमेत हालसम्म २ पटक मात्र १०/ १० हजार नगद र एक पटक लत्ताकपडा मात्र सहयोग गरेको आमा छिचु लामाले बताइन्।

छोरी लामालाई विद्यालयमा पठनपाठन गराउन खोज्दा विद्यालयमा रहेका साथीभाइ, गाउँघरका आफन्तहरूले पनि लामालाई प्रधानमन्त्रीकी छोरी भनेर मात्र जिस्काउने गरेको र यस्तो अवस्था सहन नसकेर नातिले आज–भोलि विद्यालय जान बिस्तारै हटाउन छोडेको लामाका बाजे छिरिङ क्यामा लामाले बताएका छन्।

‘विद्यालय पठाउँदा साथीभाइ, गाउँघरका आफन्तले पनि नातिनीलाई प्रधानमन्त्रीकी छोरी भनेर जिस्काउने गरेका छन् । यस्तो अवस्था सहन नसकेर नातिले आजभोलि विद्यालय जानै छाडिन्’, बाजे छिरिङ क्यामा लामाले भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार