होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णालीका ४७ वटा पालिकामा कृषि सेवा केन्द्र स्थापना गरिँदै
समाचार

कर्णालीका ४७ वटा पालिकामा कृषि सेवा केन्द्र स्थापना गरिँदै

  • नागरिक रैबार
कर्णालीका ४७ वटा पालिकामा कृषि सेवा केन्द्र स्थापना गरिँदै

कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम विस्तार गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास अन्तर्गत सञ्चालित कृषि क्षेत्र विकास कार्यक्रमले कर्णालीमा पनि कार्यक्रम विस्तार गरेको हो । अहिले कार्यक्रम अन्तर्गत विभिन्न पालिकामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरिरहेको छ । सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा वडा तथा बस्ती स्तरसम्म सहभागितामूलक एवं बहुपक्षीय कृषि प्रसार सेवाको विकास गरी दिगो कृषि सेवा विस्तार गर्ने आधार तय गर्न आवश्यक रहेको भन्दै यो कार्यक्रमले कृषकका हकहितमा काम गर्दै आएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक भोजराज सापकोटाका अनुसार हुम्ला र डोल्पा बाहेकका ४७ वटा पालिकामा यो कार्यक्रम सञ्चालन हुनेछ । त्यसका लागि कृषि क्षेत्र विकास कार्यक्रमबीच समझदारी समेत भइसकेको छ ।

यो कार्यक्रमले नाफामूलक कृषि मूल्य श्रृङ्खला बाली वस्तुको पहिचान तथा छनोट, बाली वस्तुको मूल्य श्रृङ्खला विकासको लागि सह–लगानी, मूल्य श्रृङ्खला प्रत्यक्ष जोडिने सामुदायिक तथा सार्वजनिक पूर्वाधार निर्माणमा सह–लगानी, ग्रामीण वित्तीय सेवाको विकास, कर्जा पहुँचमा सहजीकरण एवं स्थानीय तहमा सहभागितामूलक तथा बहुपक्षीय कृषि प्रसार सेवाको संस्थागत विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

विज्ञापन

सापकोटाका अनुसार अहिलेसम्म सुर्खेतको लेकबेशी नगरपालिकामा २, दैलेखको भगवतीमाई गाउँपालिकामा २, जाजरकोटको नलगाड नगरपालिकामा १, रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १ र सल्यानको सिद्धकुमाख गाउँपालिकामा १ गरी जम्मा ७ वटा सामुदायिक कृषि प्रसार केन्द्र स्थापना गरिसकिएको छ ।

यस्तै सुर्खेतको भेरिगंगा नगरपालिकामा सोमबारमात्रै कृषि प्रसार सेवा केन्द्र स्थापना र पहिलो चरणको कार्यक्रम सकिएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ मा विभिन्न पालिकामा गरी थप ४३ केन्द्र स्थापना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

यो कार्यक्रम अन्तर्गत कृषि बालीवस्तु, पशुपन्छी र माछाको नयाँ जात र नश्लहरुको परीक्षण तथा प्रदर्शन गर्ने, आधुनिक प्रविधिको परीक्षण तथा प्रदर्शन, आधुनिक, खेती लागत कार्यबोझ न्यूनीकरण गर्ने कृषि औजार उपकरणहरुको परीक्षण तथा प्रदर्शन गर्ने, कृषि बालीवस्तु, पशुपन्छी र माछा सम्बन्धी सामूहिक तालिम दिने लगायतका कार्य हुनेछन् ।

यस्तै सामुदायिक कृषि बजार स्थापना र रैथाने बाली तथा पशुपन्छीको संरक्षण गर्ने कार्यहरु यो कार्यक्रमभित्र समेटिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार