



राजेन्द्र बहादुर राेकाया/ बैसाख ०८ बाजुरा । वरिष्ठ समाज सेवी महाबिर पुनकाे सहयाेग र नेपाली काँग्रेसका नेता तथा पुर्ब भुमिसुधार सहायक मन्त्री जनकराज गिरिकाे पहलमा बाजुरामा १८ पिस पिपिई ब्यक्तिगत सुरक्षा सामाग्री सहयाेग गर्नुभएको छ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेकाे काेराेना भाईरस काेभिड १९ मा बाजुरा जिल्ला भरीका गाउँपालिका, नगरपालिका, जिल्ला अस्पताल बाजुराका खटिने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको लागि पिपिई सहयाेग गरेकाे गिरिले बताउनुभयाे ।
सुरक्षाको लागि केही अात्मवल बढाउने हेतुले समेत सानै भएपनि सहयाेग गरेकाे नेपाली काँग्रेस महासमिति सदस्य जुना दानीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य जुना दानी, नेपाली काँग्रेस बाजुराका नेता देबबहादुर राेकाया, महिला संग बाजुरा अध्यक्ष अमृता सिंह, नेबिसंघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापा, नेपाल ट्रेड युनियन काँग्रेस युबा समिति बाजुरा अध्यक्ष भरत बुढा,जिपि युथ कल्व बाजुरा अध्यक्ष दिलिप कुमार थापा नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जाेशी लगाएतकाे सहभागीता रहेको थियाे ।
उक्त सामाग्री नेपाली काँग्रेस महासमिति सदसय जुना दानीले स्वास्थ्य कार्यालय बाजुराका बरिस्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तलाई हस्तान्तरण गर्नुभएकाे छ ।
हस्तान्तरण कार्यक्रमकाे संचालन नेबिसंघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापाले गर्नुभएको थियोे ।





फेसबुक प्रतिक्रियाहरु